बजेट वक्तव्य रिपोर्ट

क्र.सं. बजेट वक्तव्य स्वीकृत बजेट प्रगति एक्सन
२१
बुँदा नं: २१
तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता उच्च भएका कृषि क्षेत्रको व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ। स्थानीयस्तरमा उत्पादित स्वस्थ र पोषणयुक्त खाद्य वस्तुको प्रवर्द्धन गरिनेछ। खाद्य सम्प्रुभता प्रत्याभुतिमा जोड दिँदै कृषिमा आश्रित अतिरिक्त श्रम शक्तिलाई अन्य उत्पादनशील क्षेत्रमा रुपान्तरण गरिनेछ।
६,६५,१३,०००
भौतिक प्रगति
९५.३०%
वित्तीय प्रगति
६४.५७%
२२
बुँदा नं: २२
उच्च पहाडी तथा हिमाली क्षेत्रमा घुम्ती गोठ प्रणालीमा पालिने पशु चौपायको व्यवासायीकरणका लागि चरन सुधार, पोखरी संरक्षण, प्रविधिक सेवा र खर्क सुधार जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
२८,९०,०००
भौतिक प्रगति
५८.३३%
वित्तीय प्रगति
२९.०८%
२३
बुँदा नं: २३
कृषि व्यवसायमा हुनसक्ने जोखिम न्यूनीकरण गरी कृषकको हित संरक्षण गर्न बीमा प्रिमियममा सहुलियत र व्यवसाय प्रवर्द्धनका लागि कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु।
११,१७,०००
भौतिक प्रगति
७१.३०%
वित्तीय प्रगति
८२.९५%
२४
बुँदा नं: २४
स्थानीय तहसँगको सहकार्यमा पशुपन्छी खोप सेवा विस्तार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ। पशुपन्छीबाट मानवमा सर्ने जुनोटिक रोगको नियन्त्रण र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न उपयुक्त स्वास्थ्य रणनीति अवलम्वन गर्न आवश्यक बजेटको प्रबन्ध मिलाएको छु ।
३३,३५,०००
भौतिक प्रगति
७६.९४%
वित्तीय प्रगति
५१.४२%
२५
बुँदा नं: २५
पशुको पूर्ण खोप कार्यक्रमलाई सबै स्थानीय तहमा अभियानको रुपमा सञ्चालन गरी पशुपन्छीमा देखा पर्ने महामारीजन्य इमर्जिङ तथा रिईमर्जिङ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाएको छु।
८,७३,७०,०००
भौतिक प्रगति
७९.५७%
वित्तीय प्रगति
५२.५९%
२६
बुँदा नं: २६
स्थानीय तथा रैथाने बाली र पशुपन्छीको संरक्षण, उत्पादन, संवर्द्धन तथा उपयोगमा वृद्धि गर्ने गरी प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिएको छु। प्राङ्गारिक कृषि प्रणालीको अवलम्बन गर्दै उत्पादित प्राङ्गरिक/स्थानीय उपजहरुको प्रमाणीकरण तथा बजार प्रवर्द्धनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
१,८५,६०,०००
भौतिक प्रगति
६३.४८%
वित्तीय प्रगति
४५.७८%
२७
बुँदा नं: २७
गरिबी न्यूनीकरण, स्थानीय रोजगारी, उत्पादन तथा उद्यमशीलतालाई प्राथमिकता दिँदै सहकारी संस्थालाई प्रोत्साहन गर्न यस क्षेत्रको आदर्श र स्वस्थता कायम राख्न तथ्याङ्क अद्यावधिक गरी प्रभावकारी नियमनको व्यवस्था मिलाएको छु।
५८,५०,०००
भौतिक प्रगति
६५.००%
वित्तीय प्रगति
१८.६९%
२८
बुँदा नं: २८
गुणस्तरीय उत्पादन सामग्रीहरूको उत्पादन तथा उपलब्धता सुनिश्चित गर्न मल, बीउ बिजन, बिरुवा, बिषादी र पशुपन्छीको नश्ल, मत्स्य बीज, औषधी, दाना तथा जैविक पदार्थको गुणस्तर नियमनका साथै कृषि, पशुपन्छी तथा मत्स्य स्रोत केन्द्र स्थापना र विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
४,५२,५१,०००
भौतिक प्रगति
६०.७७%
वित्तीय प्रगति
३२.४०%
२९
बुँदा नं: २९
खाद्य सुरक्षाको क्षेत्रमा प्रमुख भूमिका खेल्ने बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि समुदायस्तरमा चैतेधान तथा खायन/प्रशोधनयोग्य आलु उत्पादन सम्वन्धी कार्यक्रमको निरन्तरताका लागि रु ९ करोड २० लाख ३५ हजार र कृषि सम्बन्धी उद्यम विकासका लागि रु १ करोड ८० लाख तथा रैथाने एवं निर्यातजन्य कृषि वस्तु प्रवर्द्धनका लागि रू २ करोड ७५ लाख विनियोजन गरेको छु।
१४,०९,४०,०००
भौतिक प्रगति
८५.४२%
वित्तीय प्रगति
६६.२०%
३०
बुँदा नं: ३०
प्रदेशको प्रमुख फलफूल बाली सुन्तला र अन्य फलफूलको बगैंचा स्थापना र सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिन रु ४ करोड ८२ लाख १० हजार विनियोजन गरेको छु।
४,५६,६५,०००
भौतिक प्रगति
७७.४४%
वित्तीय प्रगति
४६.४३%
३१
बुँदा नं: ३१
प्रदेशमा दूध, अण्डा तथा माछामासुको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनका लागि बृहत्तर पशु विकास कार्यक्रम सञ्चालनका लागि रु ३ करोड ८२ लाख विनियोजन गरेको छु।
२,९९,७०,०००
भौतिक प्रगति
९५.५९%
वित्तीय प्रगति
६१.६४%
३२
बुँदा नं: ३२
पशुमा रोग नियन्त्रण गरी उत्पादन वृद्धिका लागि सञ्चालित पूर्ण खोप कार्यक्रम, खोप व्यवस्थापन तथा लगाएको खोपको प्रभावकारिता अध्ययन गर्न रु ११ करोड ३६ लाख ६० हजार बजेटको प्रबन्ध गरेको छु।
४०,००,०००
भौतिक प्रगति
१००.००%
वित्तीय प्रगति
९६.३६%
३३
बुँदा नं: ३३
कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण, विविधीकरण तथा औद्योगिकरणका लागि लगानी आकर्षित गर्न सार्वजनिक, निजी तथा समुदायको सहकार्यमा कृषि विकास कार्यक्रम तथा प्रमुख सडक तथा नदी कोरिडोर क्षेत्रमा व्यावसायिक कृषि तथा पशुपन्छी उत्पादन कार्यक्रम सञ्चालनका लागि रु. ८ करोड ७४ लाख बजेट विनियोजन गरेको छु।
१०,३३,२०,०००
भौतिक प्रगति
७५.९१%
वित्तीय प्रगति
५१.०२%
३४
बुँदा नं: ३४
कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई जम्मा रु.2 अर्ब 8 करोड 67 लाख 50 हजार विनियोजन गरेको छु।
३२,९५,०००
भौतिक प्रगति
१९.९०%
वित्तीय प्रगति
०.००%
३५
बुँदा नं: ३५
साइक्लिङ मार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि मुस्ताङको जोमसोम, तनहुँको वन्दिपुर र पोखरामा लेक टु लेक साइक्लिङ मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। “राउण्ड फेवा भ्यू फेवा” कार्यक्रमलाई उच्च प्राथमिकतासाथ कार्यान्वयनमा जोड दिएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
३६
बुँदा नं: ३६
हिमाल आरोहण सम्बन्धी जनशक्ति उत्पादनका लागि तालिम कार्यक्रम सञ्चालन गर्न र हिमाल आरोहण गर्ने प्रदेशवासीलाई प्रोत्साहन तथा सम्मान गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
३७
बुँदा नं: ३७
"प्रदेशको उत्पादनः प्रदेशको पहिचान" अन्तर्गत प्रदेशभित्र उत्पादित वस्तुहरुको प्रदर्शनी र बजारीकरणका लागि कोशेली घरको स्थापना र सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
१६,००,०००
भौतिक प्रगति
११.११%
वित्तीय प्रगति
०.०१%
३८
बुँदा नं: ३८
पोखरा जाऔँ प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रम संचालन गरी पर्यटनको राजधानी पोखरा र स्याटलाईट गन्तब्यहरूमा पर्यटकीय पूर्वाधार निर्माण, पदयात्राको संरक्षण विकास र प्रवर्द्धनका लागि विद्यमान पदमार्गको स्तरोन्नति, वैकल्पिक पदमार्गहरुको निर्माण र धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
४३,०७,०३,०००
भौतिक प्रगति
३१.९९%
वित्तीय प्रगति
४.६०%
३९
बुँदा नं: ३९
पहिले घरदेश अनि परदेश अभियान सञ्चालन पर्यटकीय सूचनाकेन्द्रको स्थापना, पर्यटकीय उपजको ब्राण्डिङ तथा प्रचार प्रसार र मानव संशाधनको विकास गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गरिनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
४०
बुँदा नं: ४०
प्रदेशको पर्यटन नीतिको तर्जुमा र पर्यटन गुरुयोजनाको पुनरावलोकन गरिनेछ। प्राकृतिक, साहसिक, कृषि र साँस्कृतिक पर्यटन (NAAC-Tourism) को विकास, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
५५,००,०००
भौतिक प्रगति
३०.७१%
वित्तीय प्रगति
२३.३९%
१५६ बजेट वक्तव्यहरू भेटिए
जम्मा १५६ रेकर्डमध्ये २१ - ४० देखाइएको छ।