नीति तथा कार्यक्रम रिपोर्ट

क्र.सं. नीति तथा कार्यक्रम कुल बजेट प्रगति एक्सन
बुँदा नं: १
दोस्रो पञ्‍चवर्षीय योजनाले तय गरेको रूपान्तरणकारी रणनीति बमोजिम उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना र आयात प्रतिस्थापन गर्न स्थानीय तह एवम् निजी क्षेत्र समेतको साझेदारीमा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणको आधार तयार गरिनेछ।
९६,००,०००
भौतिक प्रगति
५०.००%
वित्तीय प्रगति
१००.००%
बुँदा नं: २
बजेट तथा कार्यक्रमलाई दोस्रो पञ्‍चवर्षीय योजनाको रणनीतिक स्तम्भ, आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण, लैङ्गिक उत्तरदायी बजेट, जलवायु सूचक, दिगो विकास लक्ष्य सूचकका आधारमा साङ्केतीकरण गरी बजेट प्रणालीलाई प्रभावकारी बनाइनेछ।
१,६१,५०,०००
भौतिक प्रगति
५०.३४%
वित्तीय प्रगति
४१.७२%
बुँदा नं: ३
पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा स्वदेशी वा विदेशी निजी क्षेत्र समेतको लगानीको माध्यमवाट प्रदेशको आर्थिक समुन्नतिमा योगदान पुर्‍याउन, सार्वजनिक-निजी-सहकारी साझेदारीका लागि आवश्यक कानुनी व्यवस्था गरिनेछ।
२,३९,३३,०००
भौतिक प्रगति
४.०५%
वित्तीय प्रगति
१.९९%
बुँदा नं: ४
तहगत समन्वयमा करको दायरा विस्तार, कर सचेतना, कर प्रशासनमा सुधार एवम् कर सहभागिता अभिवृद्धि गरी प्रदेश सरकारको आन्तरिक आय वृद्धि गरिनेछ। राजस्व परामर्श समितिको अध्ययन प्रतिवेदनको सुझाव तदारुकतासाथ परिपालन गरिनेछ।
८०,००,०००
भौतिक प्रगति
४३.३६%
वित्तीय प्रगति
२९.५८%
बुँदा नं: ५
प्रदेश कानुन बमोजिम आर्थिक मामिला मन्त्रालय अन्तर्गत एक राजस्व व्यवस्थापन कार्यालय स्थापना गरी कर सङ्कलन, कर परिपालन र अभिलेखाङ्कन प्रणालीको विकास गरिनेछ। बजेटको अख्तियारी, निकासा, बेरुजु व्यवस्थापन तथा सार्वजनिक सम्पत्तिको अभिलेख व्यवस्थापन गर्न पूर्णरूपमा डिजिटल प्रणाली अवलम्बन गरी वित्तीय अनुशासन कायम गरिनेछ।
२१,९९,०००
भौतिक प्रगति
२०.४२%
वित्तीय प्रगति
८.०१%
बुँदा नं: ६
राजस्व चुहावट नियन्त्रण, नतिजामूखी सार्वजनिक खर्च व्यवस्थापन, आर्थिक कारोवारमा पारदर्शिता र लेखा परीक्षण प्रतिवेदनका सुझाव कार्यान्वयन मार्फत आर्थिक अनुशासन कायम गरिनेछ। वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहलाई उपलब्ध गराईने अनुदानको प्रभावकारिता सुनिश्चित गरिनेछ।
१,२२,०८,०००
भौतिक प्रगति
४९.७२%
वित्तीय प्रगति
१९.२५%
बुँदा नं: ७
अर्थतन्त्रको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विनियोजन कुशलता र खर्च क्षमता सुदृढीकरण एवम् वित्तीय उत्तरदायित्व मूल्याङ्कन गरी आवश्यकता अनुसार सुधार गरिनेछ।
२५,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
बुँदा नं: ८
सुदृढ प्रादेशिक अर्थतन्त्र निर्माणका लागि आवश्यक रूपान्तरणकारी रणनीति अवलम्बन गरी हस्तक्षेपकारी कार्यक्रमको रूपमा इन्भेस्ट गण्डकी कार्यक्रम मार्फत आन्तरिक र बाह्य लगानी आकर्षण गर्न लगानी सम्मेलन गरिनेछ।
१,८०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
बुँदा नं: ९
गण्डकी तथा लुम्बिनी प्रदेश सरकारवीचको साझा प्रतिवद्धता कार्यान्वयन गर्न समन्वय गरिनेछ ।
२०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१०
बुँदा नं: १०
कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, औद्योगिकीकरण, विविधीकरण र बजारीकरण गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको समन्वय तथा सहकार्यलाई प्राथमिकता दिइनेछ।
१५,६०,३०,०००
भौतिक प्रगति
६९.६४%
वित्तीय प्रगति
४८.८१%
११
बुँदा नं: ११
सरकारी तथा निजी स्रोत केन्द्र र प्रयोगशालाको स्थापना एवम् स्तरोन्नति गर्दै प्रभावकारी गुणस्तर नियन्त्रण, नियमन र वितरण प्रणालीको विकास गरिनेछ।
१,८४,३४,०००
भौतिक प्रगति
५३.१३%
वित्तीय प्रगति
११.६३%
१२
बुँदा नं: १२
कृषिसँग सम्बन्धित सूचनाको सङ्ग्रह र विश्लेषणका लागि जिआईएस र रिमोर्ट सेन्सिङ् (GIS Remote Sensing) जस्ता प्रविधिको प्रयोग गरी एकीकृत कृषि तथ्याङ्क प्रणालीको विकास गरिनेछ।
१०,४०,०००
भौतिक प्रगति
२९.१७%
वित्तीय प्रगति
२६.६०%
१३
बुँदा नं: १३
उच्च पहाडी तथा हिमाली क्षेत्रमा घुम्ती गोठ प्रणालीमा पालिने पशु चौपायाको व्यवसायीकरणका लागि चरन सुधार, पोखरी संरक्षण, प्राविधिक सेवा र खर्क सुधार जस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१३,५०,०००
भौतिक प्रगति
१००.६८%
वित्तीय प्रगति
५६.९७%
१४
बुँदा नं: १४
राष्ट्रिय फल सुन्तलाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विगतदेखि सञ्‍चालन हुँदै आएको नयाँ बगैंचा स्थापना, पुरानो बगैंचा सुदृढीकरण र ग्रिनिङ रोगग्रस्त बोट हटाई गुणस्तरीय बिरुवा रोपण कार्यलाई प्रभावकारी रूपमा सञ्‍चालन गरिनेछ।
२,६५,१५,०००
भौतिक प्रगति
७५.२७%
वित्तीय प्रगति
५४.८२%
१५
बुँदा नं: १५
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले माटोको गुणस्तर र मानव स्वास्थ्यमा परेको नकरात्मक असर न्यून गरी दिगो उत्पादन गर्न प्राङ्गारिक मल, कृषि चुन तथा जैविक विषादी प्रयोगलाई प्रोत्साहन गरिनेछ।
१,४६,२५,०००
भौतिक प्रगति
३६.०९%
वित्तीय प्रगति
१०.२२%
१६
बुँदा नं: १६
उपयुक्त बाली/वस्तु तथा उत्पादन क्षेत्र पहिचान गरी जलवायुमैत्री कृषि प्रविधिको उपयोग गरी दिगो कृषि विकासमा जोड दिइनेछ। मनाङ-नासोङ प्राङ्गारिक कृषि विकास आयोजनालाई प्राथमिकताकासाथ कार्यान्वयन गरिनेछ।
२,२०,५०,०००
भौतिक प्रगति
६७.७९%
वित्तीय प्रगति
३२.३८%
१७
बुँदा नं: १७
तुलनात्मक लाभ, कम तौल र उच्च मूल्य भएका अलैंची, ओखर, स्याउ, अदुवा, बेसार, चिया, कफी, मह, पस्मिना जस्ता निर्यातयोग्य वस्तुको उत्पादन र बजार प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ। यसका लागि सामूहिक तथा सहकारी अभ्यासलाई जोड दिइनेछ।
१,८२,५०,०००
भौतिक प्रगति
७४.५२%
वित्तीय प्रगति
३३.८७%
१८
बुँदा नं: १८
कृषि तथा पशुपन्छी उपजको सुरक्षित भण्डारण तथा व्यवस्थित बजारीकरणका लागि डेरी तथा मासु पसल सुधार, पशुपन्छी वधस्थल सुधार, चिस्यान केन्द्र, शीत भण्डारको स्थापना तथा सञ्‍चालनलाई प्रभावकारी बनाइनेछ।
१,३७,००,०००
भौतिक प्रगति
७३.०८%
वित्तीय प्रगति
५३.९२%
१९
बुँदा नं: १९
कोदो, फापर, उवा, भाँगो, टुसा, निउरो, सिन्की, टिमुर, सिस्नो, सिलाम, कागुनो, जौ लगायतका रैथाने बाली, मत्स्य तथा पशुपंक्षीजन्य उत्पादनको ब्रान्डिङ तथा बजारीकरणलाई जोड दिइनेछ।
२,४२,६५,०००
भौतिक प्रगति
६३.७३%
वित्तीय प्रगति
४९.६४%
२०
बुँदा नं: २०
स्थानीय तहसँगको सहकार्यमा पशुपन्छी खोप सेवा विस्तार कार्यलाई प्रभावकारी रुपमा सञ्‍चालन गरिनेछ। पशुपंक्षीबाट मानवमा सर्ने जुनोटिक रोगको नियन्त्रण र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न उपयुक्त स्वास्थ्य रणनीति अवलम्बन गरिनेछ।
१०,३०,६७,०००
भौतिक प्रगति
८०.९६%
वित्तीय प्रगति
५३.३८%
१३५ नीति तथा कार्यक्रमहरू भेटिए
जम्मा १३५ रेकर्डमध्ये १ - २० देखाइएको छ।