नीति तथा कार्यक्रम रिपोर्ट

क्र.सं. नीति तथा कार्यक्रम कुल बजेट प्रगति एक्सन
२१
बुँदा नं: २१
कोरिडोर केन्द्रित व्यावसायिक कृषि तथा पशुपन्छीजन्य उत्पादन कार्यक्रम सञ्‍चालन गरी मूल्य श्रृङ्खला विकासका लागि पूर्वाधार तथा अन्य सुविधाको प्रबन्ध गरिनेछ। आर्थिक गतिविधि न्यून र बसाईँसराइ उच्च रहेका कालीगण्डकी, बुढीगण्डकी र मर्स्याङ्दी जलाधार क्षेत्रलाई कृषि ग्रामीण पर्यटन तथा पर्या-पर्यटनको नमुनाका रूपमा विकास गरी हरित उत्पादनमा आधारित आर्थिक कोरिडोरको रूपमा प्रवर्द्धन गरिनेछ।
५,५१,२०,०००
भौतिक प्रगति
८७.४८%
वित्तीय प्रगति
५५.०५%
२२
बुँदा नं: २२
प्राकृतिक तथा कृत्रिम जलाशयमा मत्स्यपालन कार्यक्रमलाई निरन्तरता दिइनेछ। मत्स्यपालक कृषकलाई प्रोत्साहन गर्न मत्स्यपालनमा प्रयोग हुने विद्युत महसुलमा सहुलियत प्रदान गरिनेछ।
१,८७,९०,०००
भौतिक प्रगति
१५३.६१%
वित्तीय प्रगति
६७.८४%
२३
बुँदा नं: २३
विपद्‍ तथा महामारीजन्य रोग तथा किराको प्रकोपबाट क्षति पुगेका कृषकलाई तहगत समन्वयमा क्षतिको प्रकृति अनुसार तत्काल राहत तथा व्यवसाय पुर्नस्थापना सहयोग उपलब्ध गराइनेछ। कृषि, पशुपन्छी तथा मत्स्य बिमाको पहुँच विस्तारका लागि आवश्यक सहजीकरण गरिनेछ।
१,०७,७५,०००
भौतिक प्रगति
५१.१४%
वित्तीय प्रगति
३५.०३%
२४
बुँदा नं: २४
आलु, चैतेधान, तरकारी, च्याउ, फलफुल, घाँसेवाली र बीउ उत्पादन जस्ता वालीको व्यावसायिक पकेट क्षेत्र र कृषि भूमिको चक्लाबन्दी कार्यलाई व्यवस्थित गरी एकीकृत सिँचाइ तथा कृषि विकास सम्बन्धी कार्यक्रम मार्फत उत्पादन, आयआर्जन र रोजगारी प्रवर्द्धनमा टेवा पुर्‍याइनेछ।
१६,२५,४२,०००
भौतिक प्रगति
७७.३७%
वित्तीय प्रगति
६४.२८%
२५
बुँदा नं: २५
मध्यपहाडी लोकमार्ग केन्द्रित कृषि तथा पशुजन्य उत्पादनमा आधारित औद्योगिक विकास कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ। युवा एवम् विद्यार्थीलाई माटोसँग साक्षात्कार एवम् व्यवसायिक कृषि पेशामा आकर्षित गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनेछ।
२,२०,१०,०००
भौतिक प्रगति
७२.९२%
वित्तीय प्रगति
५१.८५%
२६
बुँदा नं: २६
भूमि बैंक स्थापना गरी बाँझो रहेको जग्गाको सदुपयोग गर्ने नीति अवलम्वन गरिनेछ। चक्लाबन्दी र गह्रा सुधार कार्यक्रमको प्रभावकारिता अध्ययन गरी एकै किसिमको बाली उत्पादन गर्न बाली विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। सामुहिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुका साथै भूमिको समोचित उपयोगका लागि प्रदेश स्तरीय भू-उपयोग रणनीतिक योजना तर्जुमा गरिनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
२७
बुँदा नं: २७
सहकारी क्षेत्रमा देखिएका आर्थिक अपचलन नियन्त्रण गरी नियमन प्रणालीलाई प्रभावकारी बनाइनेछ । वचतकर्ताको रकम सुनिश्चित गरी प्रदेश सरकारको क्षेत्राधिकारभित्रका उद्देश्य मिल्ने सहकारीलाई समायोजन हुन प्रोत्साहित गर्ने र निष्क्रिय सहकारी संस्थालाई खारेज गर्ने नीति अवलम्बन गरिनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
२८
बुँदा नं: २८
स्थानीय तहसँगको सहकार्यमा स्थानीय तहमा हुने उत्पादनलाई बजारीकरण गर्न कृषि एम्बुलेन्स सेवाको सुरुवात गरिनेछ। कृषि उत्पादन र उपजलाई बिचौलियामुक्त बनाउन आवश्यक नीति लिइनेछ ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
२९
बुँदा नं: २९
पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजना (NAFHA) १० जिल्लाका ३४ वटै स्थानीय तहमा लागु गरिनेछ । जापान सरकारको सहयोगमा संचालन हुने SHEP-Gandaki आयोजना गोरखा, लमजुङ, तनहूँ र कास्की जिल्लामा सुरुवात गरिनेछ ।
२६,१३,०८,०००
भौतिक प्रगति
२४.६४%
वित्तीय प्रगति
२.८३%
३०
बुँदा नं: ३०
दिगो वन व्यवस्थापन, जैविक विविधता, वातावरण तथा जलाधार क्षेत्रको व्यवस्थापनलाई उत्पादनसँग जोडी सुदृढ अर्थतन्त्र निर्माण गरिनेछ। दिगो वन व्यवस्थापन मार्फत वन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न वन व्यवस्थापकको क्षमता अभिवृद्धि गरिनेछ। निजी वनमा रहेको रुखको कटान, ओसारपोसार तथा विक्री वितरण प्रक्रियालाई सरलीकृत गरिनेछ।
८,६१,३९,५५५
भौतिक प्रगति
८०.४०%
वित्तीय प्रगति
५९.५१%
३१
बुँदा नं: ३१
शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न आवश्यक रणनीति अवलम्बन गरिनेछ। सार्वजनिक निर्माण कार्यमा वनबाट उत्पादित काठ तथा अन्य वन उपजको प्रयोगलाई प्राथमिकता दिइनेछ। प्रदेश स्तरको जलवायु परिवर्तन रणनीति र कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ।
९,५०,०००
भौतिक प्रगति
९८.१३%
वित्तीय प्रगति
८५.८७%
३२
बुँदा नं: ३२
जडिबुटी सम्बन्धी परम्परागत ज्ञानसीपको अभिलेखीकरण गरी खाली, बाँझो तथा हैसियत बिग्रिएको वन (Degraded Forests Land) सार्वजनिक एवम् निजी जग्गामा जडीबुटी खेती विस्तार र प्रशोधनलाई प्रोत्साहन गरिनेछ।
१,११,५०,०००
भौतिक प्रगति
६०.६६%
वित्तीय प्रगति
४७.३९%
३३
बुँदा नं: ३३
वातावरणीय अध्ययन प्रक्रियालाई सरलीकृत गरिनेछ। सरोकारवालाको सहकार्यमा वातावरण संरक्षण, प्रदुषण नियन्त्रण, प्लाष्टिक लगायतका प्रदूषक तत्त्वको प्रयोगमा न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गरिनेछ। जलवायु परिवर्तनको असरलाई न्यून गर्न समुदायको सहकार्यमा अनुकूलन कार्यक्रम सञ्‍चालन गरी जलवायु उत्थानशीलता अभिवृद्धि गरिनेछ।
२,२७,२१,०००
भौतिक प्रगति
८८.४४%
वित्तीय प्रगति
८७.८५%
३४
बुँदा नं: ३४
सिमसार तथा जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापन गर्न बायो- ईन्जिनियरिङ्ग सहितको प्रविधिमैत्री संरचनामा जोड दिइनेछ। भू-तथा जलाधार व्यवस्थापन सम्बन्धी सेवालाई सरल र सुलभ बनाइनेछ। संघीय सरकारसँगको सहकार्य र साझेदारीमा नदी प्रणालीमा आधारित एकीकृत जलाधार संरक्षण कार्यक्रमलाई प्राथमिकता दिइनेछ।
२१,८०,५०,०००
भौतिक प्रगति
९४.७७%
वित्तीय प्रगति
७५.९३%
३५
बुँदा नं: ३५
सरोकारवालाको समन्वय र सहकार्यमा वन अतिक्रमण नियन्त्रण गरिनेछ। डढेलो तथा अन्य कारणले हुने वन विनाश न्यूनीकरण गर्न ज्वलनशील पदार्थ सङ्कलन एवम् जैविक मल प्रशोधन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ। वन डढेलो लगाउने व्यक्ति, समूहलाई कानूनी दायरामा ल्याइनेछ।
१,९५,१२,०००
भौतिक प्रगति
८९.६१%
वित्तीय प्रगति
७६.८०%
३६
बुँदा नं: ३६
मानव-वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न जनचेतना अभिवृद्धि, वन्यजन्तुको वासस्थान सुधार र वन्यजन्तु उद्धार र राहतका कार्यलाई प्रभावकारी बनाइनेछ। मानव-वन्यजन्तु (बाँदर, बँदेल, दुम्सी आदि) द्वन्द न्यूनीकरणका लागि सफल अभ्यास तथा अनुभवको अनुसरण गरिनेछ। कास्कीको पचभैयामा स्थापना भएको वन्यजन्तु उद्धार केन्द्रलाई थप व्यवस्थित बनाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ।
३,६१,४१,०००
भौतिक प्रगति
७२.९५%
वित्तीय प्रगति
५५.७५%
३७
बुँदा नं: ३७
गण्डकी प्रदेशको पहिचान झल्कने गरी पोखरामा अन्तर्राष्ट्रियस्तरको वानस्पतिक पर्यटकीय पार्क निर्माण कार्यको सुरुवात गरिनेछ।
२,८०,२०,०००
भौतिक प्रगति
७१.५३%
वित्तीय प्रगति
२०.९३%
३८
बुँदा नं: ३८
भूमिगत जल पुनर्भरण र वन्यजन्तु वासस्थान व्यवस्थापनका लागि एक सामुदायिक वन:एक पोखरी कार्यक्रमलाई निरन्तरता दिइनेछ। विश्वविद्यालय, अनुसन्धान केन्द्र लगायत शैक्षिक निकायसँगको सहकार्यमा वन, वातावरण तथा जलाधार क्षेत्रको अध्ययन, अनुसन्धान र प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१,३६,६०,०००
भौतिक प्रगति
७०.३५%
वित्तीय प्रगति
४३.९९%
३९
बुँदा नं: ३९
गण्डकी प्रदेशको पर्यटन विकास र प्रवर्द्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिनेछ। पर्यटन राजधानी पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ तथा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ।
१०,७०,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
४०
बुँदा नं: ४०
गण्डकी प्रदेशमा रहेका हिमताल तथा तालहरुको संरक्षण गरी पर्यटन प्रवर्द्धनको कार्ययोजना निर्माण गरिनेछ। पोखरामा रहेका सात तालको सञ्जालीकरण गरी रुपा तालमा Glass Bridge निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ । चङ्‌खपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणको रुपमा सेल्फी ब्रिज निर्माण गर्न प्राविधिक अध्ययन गरी कार्यान्वयनको चरणमा लगिनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३५ नीति तथा कार्यक्रमहरू भेटिए
जम्मा १३५ रेकर्डमध्ये २१ - ४० देखाइएको छ।