नीति तथा कार्यक्रम रिपोर्ट

क्र.सं. नीति तथा कार्यक्रम कुल बजेट प्रगति एक्सन
८१
बुँदा नं: ८१
युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र परिचालनका लागि समन्वयकारी संरचना निर्माण गर्न नीतिगत व्यवस्था गरिनेछ । सुरुवाती व्यवसाय गर्न चाहने युवाका लागि विउँ पुँजी सहित सहुलियतपूर्ण ब्याजमा कर्जा उपलब्ध गराउन समन्वय गरिनेछ ।
५५,४०,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
८२
बुँदा नं: ८२
समुदायमा आधारित परम्परागत पेशा तथा सीपको व्यवसायीकरण गर्न सीप विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। परम्परागत सीप, पेशा एवम् व्यवसायलाई संरक्षण र आधुनिकीकरण गर्दै दलित, महिला, आदिवासी, जनजाति, अपाङ्ग, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र आर्थिक एवम् सामाजिक रूपले पिछडिएका समुदायको उत्थान गर्न विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ।
१,९७,६५,०००
भौतिक प्रगति
७.८२%
वित्तीय प्रगति
०.००%
८३
बुँदा नं: ८३
महिला सशक्तिकरणका लागि हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्‍चित गर्दै लैङ्गिक मूलप्रवाहीकरण तथा सारभूत लैङ्गिक समानता कायम गरिनेछ। लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता अभियान सञ्चालन गर्न नीतिगत र कानुनी प्रबन्ध मिलाइनेछ। लैङ्गिक हिंसा एवम् मानव बेचबिखन तथा ओसारपसारबाट पीडित तथा प्रभावितको उद्घार, संरक्षण, पारिवारिक पुन:एकीकरण तथा पुन:स्थापना गर्न अल्पकालीन तथा दीर्घकालीन सेवा केन्द्र सञ्‍चालनलाई निरन्तरता दिइनेछ।
२,२६,१५,०००
भौतिक प्रगति
३५.७७%
वित्तीय प्रगति
५.१३%
८४
बुँदा नं: ८४
श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला र सामाजिक सुरक्षा लगायतका श्रम नीतिका आधारभूत मान्यतालाई स्थापित गरिनेछ । श्रम क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कार्यान्वयन गरिनेछ । स्थानीय तहमा श्रम डेस्क स्थापना गरी श्रमिक सूचीकरणका लागि समन्वय गरिनेछ। साथै मानवसंशाधनको ज्ञान, सीप तथा दक्षताको अभिलेख राख्न स्थानीय तहमा कुशलता पहिचान कार्यक्रम सञ्चालन गरिनेछ।
२०,००,०००
भौतिक प्रगति
३६.४३%
वित्तीय प्रगति
१०.००%
८५
बुँदा नं: ८५
बाल अधिकारको सुनिश्‍चित गर्न, बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्न स्थानीय तहलाई प्रोत्साहन गर्दै जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको खोजतलास, उद्वार तथा संरक्षण गर्न प्रदेश समन्वय केन्द्र १०४ सञ्चालन, बाल हेल्पलाईन कार्यक्रम, शिशु स्याहार केन्द्र र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्‍चालन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१,१४,५०,०००
भौतिक प्रगति
३२.६२%
वित्तीय प्रगति
०.८९%
८६
बुँदा नं: ८६
गण्डकी प्रदेशमा खेलकुद प्रवर्द्धन गर्न खेलकुद पूर्वाधार निर्माण, खेलाडी सम्मान र खेल पर्यटन विकास गरिनेछ। संघ-प्रदेश-स्थानीय तह साझेदारीमा मुस्ताङ जिल्लामा उच्च पर्वतीय खेलकुद रङ्गशालाको निर्माण कार्यलाई अगाडि बढाइनेछ।
४,१६,५५,०००
भौतिक प्रगति
४.७६%
वित्तीय प्रगति
५.९९%
८७
बुँदा नं: ८७
नेपाल सरकारसँगको समन्वयमा पोखरा रङ्गशालाको स्तरोन्नति गरिनेछ। गण्डकी प्रदेशमा क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाइनेछ। राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेल समूहलाई उत्कृष्ट प्रदर्शनका लागि विशेष प्रोत्साहन गरिनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
८८
बुँदा नं: ८८
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय तहसँगको सहकार्यमा सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। विदेशमा रहेका नागरिकको ज्ञान, सीप, अनुभव र पुँजीलाई प्रदेशको समुन्नतिमा योगदान पुर्‍याउन मेरो प्रदेश: मेरो दायित्व कार्यक्रम सञ्चालन गर्न उत्प्रेरित गरिनेछ।
२०,००,०००
भौतिक प्रगति
२०.००%
वित्तीय प्रगति
०.००%
८९
बुँदा नं: ८९
गैरसरकारी संस्था तथा प्रदेश भित्र सञ्चालन भएका भाषा प्रशिक्षण केन्द्र र शैक्षिक परामर्श केन्द्र नियमन गर्न आवश्यक कानूनी प्रबन्ध मिलाइनेछ।
५०,००,०००
भौतिक प्रगति
१६.६७%
वित्तीय प्रगति
०.००%
९०
बुँदा नं: ९०
गण्डकी प्रदेशमा दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गरिनेछ। ऐतिहासिक योगदान पुर्‍याएका दलित समुदायका अग्रजको योगदानको अभिलेखीकरण गरिनेछ।
५०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९१
बुँदा नं: ९१
दलित समुदायको परम्परागत ज्ञान, सीप, कला, पेशा र व्यवसायलाई संरक्षण, व्यवसायीकरण तथा आधुनिकीकरण गर्दै आर्थिक एवम् सामाजिक रुपले पिछडिएका वर्ग एवम् समुदायको उत्थान गर्न भगत सर्वजित शिल्प विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहित गरिनेछ ।
३०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९२
बुँदा नं: ९२
प्रादेशिक सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ। सो बमोजिम सडक आयोजनालाई आयोजना बैंकमा समावेश गरी प्राथमिकताको आधारमा क्रमिक रूपमा कार्यान्वयन गर्दै लगिनेछ।
४,५०,००,०००
भौतिक प्रगति
२५.००%
वित्तीय प्रगति
०.००%
९३
बुँदा नं: ९३
प्रदेश राजमार्ग र प्रादेशिक सडक सञ्जालमा पर्ने एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम एवम् सडक सञ्जाल नपुगेका गोरखाको चुमनुब्री र मनाङको नार्पा भूमि गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण कार्यलाई निरन्तरता दिइनेछ। मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को त्रिवेणी नाकासम्म पुग्ने सडकको विस्तार तथा स्तरोन्नति गरिनेछ।
७४,३९,५८,०००
भौतिक प्रगति
४९.१७%
वित्तीय प्रगति
२६.३५%
९४
बुँदा नं: ९४
प्रदेशभित्र रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय एवम् आर्थिक उपार्जनको सम्भावना भएका स्थानसम्म सहज र सुरक्षित आवागमनमा सहयोग गर्ने तथा रिभर्स माईग्रेसन प्रोत्साहित हुने स्थानमा सडक विस्तार एवम् पुल निर्माण कार्यलाई प्राथमिकता दिइनेछ।
२४,७७,१८,०००
भौतिक प्रगति
२८.२२%
वित्तीय प्रगति
०.००%
९५
बुँदा नं: ९५
प्रदेश सडक सञ्जालमा समावेश भएका सडक पुल निर्माणलाई प्राथमिकतामा राखिनेछ। सडक सुविधा नपुगेका दुर्गम स्थान, पदमार्ग र घोडेटो बाटोमा सुरक्षित आवागमन गर्न आवश्यक झोलुङ्गे पुलको निर्माण, स्थानान्तरण र मर्मतसम्भार गरिनेछ।
२७,८५,५३,०००
भौतिक प्रगति
४७.४५%
वित्तीय प्रगति
२१.९३%
९६
बुँदा नं: ९६
नेपाल सरकारको समन्वयमा सवारी चालक अनुमति पत्रको छपाइ तथा वितरण कार्य प्रदेशबाटै सुरूवात गरिनेछ। सवारी साधन करलाई अनलाईन मार्फत भुक्तानी हुने गरी आवश्यक पूर्वाधार तयार गरिनेछ। अन्य प्रदेशमा दर्ता भई गण्डकी प्रदेशमा दर्ता/नवीकरण हुन चाहने सवारी साधनलाई सहुलियतको व्यवस्था गरिनेछ। राइड सेयरिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गरिनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९७
बुँदा नं: ९७
एशियाली विकास बैंकको सहयोग तथा स्थानीय पूर्वाधार विकास विभागको समन्वयमा ग्रामीण पहुँच सुधार कार्यक्रम मार्फत सञ्चालित प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमलाई निरन्तरता दिइनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९८
बुँदा नं: ९८
प्रदेशको आवधिक योजनाको प्राथमिकतामा रहेको मर्स्याङ्दी, मादी, सेती, बुढीगण्डकी र कालीगण्डकी जलाधार क्षेत्रमा आधुनिक सेवा सुविधा सहितको शहरी क्षेत्र, सुरक्षित वस्ती विकास तथा आर्थिक केन्द्रका रुपमा विकास गर्न आवश्यक तयारी गरिनेछ।
५०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९९
बुँदा नं: ९९
अशक्त, असहाय, विपन्न, लोपोन्मुख, सीमान्तीकृत, दलित समुदाय, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङख्यक, अपाङ्गता भएका नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न जनता आवास कार्यक्रमलाई निरन्तरता दिइनेछ।
५,२७,००,०००
भौतिक प्रगति
२९.४१%
वित्तीय प्रगति
०.००%
१००
बुँदा नं: १००
न्यून सवारी चाप भएका सडक, मानव वस्ती र जनसंख्या कम भएका स्थानका सडक, मौसमको प्रतिकुलताका कारणले पर्याप्त निर्माण समयावधि नहुने तथा जलवायु परिवर्तनका असरको प्रत्यक्ष प्रभाव पर्ने सडक, वर्षा याममा मात्र पानी हुने खहरे-खोल्सा, भौगर्भिक जटिलता तथा भौगोलिक विकटताका कारण स्थायी संरचना बनाउन कठिन हुने स्थानमा कम लागतको प्रविधि अपनाई सडक पुल (बेली ब्रिज) निर्माण कार्यलाई प्राथमिकता दिइनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३५ नीति तथा कार्यक्रमहरू भेटिए
जम्मा १३५ रेकर्डमध्ये ८१ - १०० देखाइएको छ।