नीति तथा कार्यक्रम रिपोर्ट

क्र.सं. नीति तथा कार्यक्रम कुल बजेट प्रगति एक्सन
४१
बुँदा नं: ४१
मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन क्षेत्रको पर्यटनलाई व्यवस्थित बनाउन पदमार्गको स्तरोन्नति तथा वैकल्पिक पदमार्गको पहिचान तथा विकास गरिनेछ। प्रदेशभित्रका विभिन्न हिमशिखर आरोहणका लागि प्रोत्साहन गरिनेछ ।
४०,७५,००,०००
भौतिक प्रगति
३२.१४%
वित्तीय प्रगति
३.८०%
४२
बुँदा नं: ४२
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न “पहिले घरदेश, अनि परदेश” कार्यक्रमलाई निरन्तरता दिइनेछ। गण्डकी प्रदेशलाई आरोग्य पर्यटन हव (Wellness Tourism Hub) को रुपमा विकास गर्दै लगिनेछ ।
१,२३,७०,०००
भौतिक प्रगति
४४.१७%
वित्तीय प्रगति
३५.२६%
४३
बुँदा नं: ४३
देवघाटदेखि मुक्तिनाथसम्मका धार्मिक क्षेत्रको विकास गर्ने ध्येय सहित कालीगण्डकी कोरिडोर-मुक्तिनाथ क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको धार्मिक पर्यटकीय सर्किटको रूपमा विकास गरिनेछ। कैलाश मानसरोवर यात्राका लागि कोरला नाका प्रयोग गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिनेछ।
१,२३,७०,०००
भौतिक प्रगति
४४.१७%
वित्तीय प्रगति
३५.२६%
४४
बुँदा नं: ४४
कला, संस्कृति प्रवर्द्धन, व्यापारिक मेला तथा सम्मेलन आयोजना गर्न निजी क्षेत्र तथा संघ-संस्थासँग सहकार्य गरिनेछ। प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकास, संरक्षण र प्रवर्द्धनमा जोड दिइनेछ।
२,५०,०००
भौतिक प्रगति
१००.००%
वित्तीय प्रगति
९७.५६%
४५
बुँदा नं: ४५
गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोट दरबार, क्होलासोथर, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर, लोमान्थाङ दरबार, मुक्तिनाथ मन्दिर, बाग्लुङ कालिका, पुर्कोट कालिका लगायतका सम्पदाहरुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि आवश्यक पहल गरिनेछ ।
२०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
४६
बुँदा नं: ४६
संरक्षित क्षेत्र, तालतलैया, सिमसार, मनोरञ्जन स्थल तथा दृश्यावलोकन क्षेत्र, ऐतिहासिक, धार्मिक स्थल, सम्पदा लगायतका पर्यटकीय गन्तव्यको पूर्वाधार तथा सुविधाको विकास, विस्तार र स्तरोन्नति गरिनेछ।
४३,२०,००,०००
भौतिक प्रगति
३१.३३%
वित्तीय प्रगति
३.५८%
४७
बुँदा नं: ४७
सामुदायिक घरबास, कोशेली घर, सङ्ग्रहालय, उद्यान तथा पार्क, इकोभिलेज र हिलस्टेशन मार्फत पर्यटकलाई आकर्षित गरी पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग आबद्ध गर्न स्थानीय सरकारसँगको सहकार्यलाई प्रभावकारी बनाइनेछ। गण्डकी प्रदेशमा भित्रिने पर्यटकको तथ्याङ्क व्यवस्थापन गर्न अन्तरतह समन्वय र सहकार्य गरिनेछ।
४,२१,८०,०००
भौतिक प्रगति
३५.३२%
वित्तीय प्रगति
२६.९७%
४८
बुँदा नं: ४८
औद्योगिक विकास र विस्तारका लागि लगानीमैत्री एवम् प्रतिस्पर्धी वातावरण निर्माण, स्थानीय स्रोत, साधन र सीपको अधिकतम उपयोग र उद्यमशीलता विकास गर्दै औद्योगिक वस्तु तथा सेवाको उत्पादकत्व अभिवृद्धि गरिनेछ।
११,००,०००
भौतिक प्रगति
३३.३३%
वित्तीय प्रगति
३६.३६%
४९
बुँदा नं: ४९
उद्यमी बनौं, स्वदेशमा केही गरौँ: युवा जनशक्तिलाई सीपमूलक तालिम, उद्यमशीलता विकास तथा प्रविधि सहितको स्थानीय कच्चा पदार्थमा आधारित स्वरोजगारमुखी उद्योग सञ्‍चालन तथा वृद्धिमुखी उद्यमशीलता र रोजगारी सिर्जना नमुना कार्यक्रमलाई निरन्तरता दिइनेछ।
३,४६,४०,०००
भौतिक प्रगति
२२.२९%
वित्तीय प्रगति
५१.८७%
५०
बुँदा नं: ५०
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहाखोला र तनहुँ तथा कास्कीको पुँडीटारलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न जग्गा प्राप्त गर्न नेपाल सरकारसँग समन्वय गरिनेछ।
२७,००,०००
भौतिक प्रगति
१४.२९%
वित्तीय प्रगति
३७.१७%
५१
बुँदा नं: ५१
प्रादेशिक खानी सम्बन्धी नीति तर्जुमा गरी खनिज पदार्थको खोज, अनुसन्धान तथा अन्वेषणका कार्य प्रारम्भ गरिनेछ। खनिज पदार्थको उत्खनन तथा प्रशोधन गर्न निजी क्षेत्रलाई आकर्षित गरिनेछ।
१,६०,०००
भौतिक प्रगति
१००.००%
वित्तीय प्रगति
५०.०२%
५२
बुँदा नं: ५२
व्यापार व्यवसाय प्रवर्द्धनका लागि प्रदेशको वाणिज्य नीति तर्जुमा गरिनेछ। नेपाल सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा उपभोक्ताको हक अधिकारको संरक्षण, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण र आपूर्ति व्यवस्थालाई सहज बनाउँदै बजार अनुगमन तथा उपभोक्ता सचेतना कार्यक्रमलाई प्रभावकारी बनाइनेछ।
५९,७०,०००
भौतिक प्रगति
२१४.५५%
वित्तीय प्रगति
१०.७०%
५३
बुँदा नं: ५३
घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, वितरण र नियमनका लागि ऐन जारी गरी कार्यान्वयनमा लगिनेछ। औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थका रुपमा उत्पादन प्रयोजनार्थ गाँजा खेती गर्न कानून निर्माण गरिनेछ।
६,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
५४
बुँदा नं: ५४
पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश अभियानलाई निरन्तरता दिँदै रोक्न सकिने मातृ मृत्युदरलाई शून्यमा झार्न प्रदेशस्तरीय सुरक्षित मातृत्व मार्गचित्र तयार गरी कार्यान्वयन गरिनेछ। एकीकृत विद्युतीय प्रणालीद्वारा गर्भवती महिलाको स्वास्थ्य निगरानी तथा जन्मदर्तामा स्थानीय तहको सहकार्यलाई विस्तार गर्दै लगिनेछ।
४,६१,०९,०००
भौतिक प्रगति
६१.०५%
वित्तीय प्रगति
१६.४८%
५५
बुँदा नं: ५५
नव शिशु मृत्युदर घटाउन तीनवटै प्रादेशिक अस्पताल र प्रदेश अस्पताल, लमजुङमा नव शिशु सघन उपचार सेवा तथा अन्य अस्पतालमा स्पेशल न्यूवर्न यूनिट सेवा विस्तार गरिनेछ। रणनैतिक स्थानका बर्थिङ्ग सेन्टरमा न्यूवर्न केयर कर्नर स्थापना गरिनेछ। मर्यादित महिनावारी प्रवर्द्धनका लागि स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरिनेछ।
१,००,५९,०००
भौतिक प्रगति
५७.८७%
वित्तीय प्रगति
९.३२%
५६
बुँदा नं: ५६
प्रदेश मातहतका अस्पतालमा जन्मजात रोगको पहिचान गर्न शिशुको स्क्रिनिङ गर्ने व्यवस्था मिलाइनेछ। बालबालिकामा बाथ मुटुरोग (रुम्याटीक हार्ट डिजीज) स्क्रिनिङ साथै पोषण अवस्थाको लेखाजोखा गरिनेछ।
५७,८९,०००
भौतिक प्रगति
५६.००%
वित्तीय प्रगति
२३.९४%
५७
बुँदा नं: ५७
नसर्ने रोगको स्क्रिनिङ र उपचारको व्यवस्था मिलाइनेछ। मानसिक स्वास्थ्य सेवा विस्तार तथा समुदायस्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्‍चालन गरिनेछ। मानसिक स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्‍याउन मागको आधारमा प्रदेश-स्थानीय तह साझेदारीमा मनोपरामर्श सेवा उपलब्ध गराइनेछ।
७९,२०,०००
भौतिक प्रगति
३७.४०%
वित्तीय प्रगति
२२.७०%
५८
बुँदा नं: ५८
क्षयरोग, कुष्ठरोग, एच.आई.भी. जस्ता सरुवा रोग, खोपबाट बचाउन सकिने रोग, औलो, कालाजार, डेंगु लगायतका जलवायु संवेदनशील रोगको समुदाय स्तरमा सक्रिय खोजपड्ताल, प्रतिकार्य तथा एकीकृत निगरानीलाई प्रभावकारी बनाइनेछ।
१,१०,७९,०००
भौतिक प्रगति
६९.८८%
वित्तीय प्रगति
४१.५७%
५९
बुँदा नं: ५९
प्रदेश मातहतका अस्पताल आवश्यकताका आधारमा स्तरोन्नति गर्दै चिकित्सा विधाका शैक्षिक कार्यक्रम सञ्‍चालनको सुरुवात गरिनेछ। स्थानीय तहका आधारभूत अस्पताल, मानव सेवा आश्रम, बाल सुधार गृह, ज्येष्ठ नागरिक सेवा केन्द्र जस्ता संस्थामा प्रदेश अस्पताल मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ। विद्यालय नर्स कार्यक्रमलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाइनेछ।
१,१९,७०,०००
भौतिक प्रगति
२९.२१%
वित्तीय प्रगति
२२.३२%
६०
बुँदा नं: ६०
धौलागिरी, मध्यविन्दु, तनहुँ, स्याङ्जा र बुर्तिबाङ्ग अस्पतालमा इमरजेन्सी ट्रमा केयर युनिटको स्थापना एवम् सुदृढीकरण गरिनेछ। मनाङ र मुस्ताङमा उच्च भेगीय स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ।
६७,००,०००
भौतिक प्रगति
५०.००%
वित्तीय प्रगति
१२.३२%
१३५ नीति तथा कार्यक्रमहरू भेटिए
जम्मा १३५ रेकर्डमध्ये ४१ - ६० देखाइएको छ।