नीति तथा कार्यक्रम रिपोर्ट

क्र.सं. नीति तथा कार्यक्रम कुल बजेट प्रगति एक्सन
१०१
बुँदा नं: १०१
प्रदेशका सबै घरधुरीमा निजी धारा जडान गर्ने लक्ष्य हासिल गर्न संघ तथा स्थानीय तहसँग समन्वय गर्दै आयोजनामा दोहोरोपन नपर्ने गरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१,६६,७५,९०,०००
भौतिक प्रगति
८०.४५%
वित्तीय प्रगति
७२.२८%
१०२
बुँदा नं: १०२
नेपाल सरकार र स्थानीय तहसँगको सहकार्यमा भू-सूचना प्रविधिमा आधारित राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन प्रणालीमा खानेपानी आयोजनाको लगत प्रविष्ट गरी गण्डकी प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता कार्ययोजनाको लागि तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरी कार्यदिशा तय गरिनेछ।
३१,००,०००
भौतिक प्रगति
८०.५६%
वित्तीय प्रगति
३९.५९%
१०३
बुँदा नं: १०३
खानेपानी आयोजनाको मुहान संरक्षण, मर्मत-सम्भार तथा प्रणाली सुदृढीकरण कार्यक्रमलाई प्राथमिकता दिइनेछ। खानेपानी र सिंचाइ प्रणाली मर्मत सम्भार र सञ्चालन सम्बन्धी कार्यमा उपभोक्ताको क्षमता अभिवृद्धि गर्दै सेवा शुल्क सङ्कलन र मर्मत सम्भार कोष सञ्‍चालनमा थप प्रभावकारिता ल्याइनेछ। वर्षायाममा देखिने गरेको पानीजन्य रोगको प्रकोप न्यूनीकरण गर्न असुरक्षित स्रोत भएका खानेपानी प्रणाली पहिचान गरी पानी शुद्धीकरणका विधि अपनाइनेछ।
६,७९,००,०००
भौतिक प्रगति
८१.९१%
वित्तीय प्रगति
७५.८०%
१०४
बुँदा नं: १०४
एकीकृत जलस्रोत विकास तथा व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन गरिनेछ। स्रोत सुनिश्चित भएका सतह सिंचाइ, भूमिगत सिंचाइ र खानेपानीका आयोजना सम्पन्न गरिनेछ।
१,४८,००,०००
भौतिक प्रगति
२९.११%
वित्तीय प्रगति
३६.३७%
१०५
बुँदा नं: १०५
संघ, प्रदेश र स्थानीय तहबाट सञ्‍चालित सिँचाइ प्रणालीको एकीकृत तथ्याङ्क व्यवस्थित गर्न नेपाल सिंचाइ व्यवस्थापन सूचना प्रणालीमा योजनागत विवरण प्रविष्ट गरिनेछ।
२०,७२,५००
भौतिक प्रगति
२७.५०%
वित्तीय प्रगति
३३.६०%
१०६
बुँदा नं: १०६
मनसुनजन्य विपद्‌बाट क्षतिग्रस्त भएका खानेपानी, सिंचाइ संरचना, तटबन्ध र लघु जलविद्युत आयोजना नेपाल सरकारसँगको सहकार्य र समन्वयमा मर्मत सम्भार गरी पुनर्स्थापना गरिनेछ।
१५,४४,००,०००
भौतिक प्रगति
७१.०८%
वित्तीय प्रगति
३६.४७%
१०७
बुँदा नं: १०७
लिफ्टिङ् खानेपानी तथा सिँचाइ आयोजनामा दिईँदै आएको विद्युत महसुल अनुदानको कार्यक्रमलाई निरन्तरता दिँदै सञ्‍चालन, व्यवस्थापन र दीर्घकालीन हिसाबले उपयुक्त सिंचाइ एवम् खानेपानी आयोजना सतह प्रणालीबाट सञ्‍चालन गर्न प्राथमिकता दिइनेछ।
५,११,३०,०००
भौतिक प्रगति
६०.२८%
वित्तीय प्रगति
५९.८७%
१०८
बुँदा नं: १०८
कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउन सतह, भूमिगत, पाइप तथा पानीको स्रोतको कमी रहेका स्थानमा लिफ्टिङ, थोपा, फोहोरा तथा नवीनतम् प्रविधिमा आधारित सिँचाइ कार्यक्रमलाई निरन्तरता दिइनेछ।
९४,६६,८७,५००
भौतिक प्रगति
७६.११%
वित्तीय प्रगति
५१.९१%
१०९
बुँदा नं: १०९
उच्च पहाडी तथा हिमाली क्षेत्रमा रहेका बस्ती तथा परम्परागत पशुचरन खर्कमा रहेको पानीको समस्या समाधान गर्न कृषि र सिँचाइका निकायबीच प्रभावकारी समन्वय गरिनेछ।
२०,००,०००
भौतिक प्रगति
१८.२५%
वित्तीय प्रगति
०.००%
११०
बुँदा नं: ११०
संघ तथा प्रदेश सरकारको साझेदारीमा जलवायुजन्य प्रकोपबाट जोखिममा रहेका नदी किनारका वस्ती, भौतिक संरचना, खेतीयोग्य जमिन र सांस्कृतिक सम्पदा आदिको संरक्षण तथा जग्गा उकास गर्न योजनावद्ध नदी व्यवस्थापन कार्य सञ्‍चालन गरिनेछ।
४३,०९,०२,५००
भौतिक प्रगति
७४.०१%
वित्तीय प्रगति
४२.४०%
१११
बुँदा नं: १११
आकस्मिक विद्युत आपूर्ति कार्यमा टेवा पुर्‍याउन प्रदेश सरकारको अनुदानमा बर्थिंङ सेन्टर, शैक्षिक संस्था, धार्मिक स्थल र पर्यटकीय गन्तव्यमा लागत सहभागिताको आधारमा संस्थागत सौर्य ऊर्जा जडान कार्यलाई निरन्तरता दिइनेछ।
१,७७,६६,०००
भौतिक प्रगति
३६.९०%
वित्तीय प्रगति
१.७५%
११२
बुँदा नं: ११२
उज्यालो गण्डकी प्रदेश अभियान सम्पन्न गरी विद्युत सेवालाई भरपर्दो र नियमित बनाउनुका साथै विद्युतीय चुल्हो तथा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिनेछ।
१४,५९,००,०००
भौतिक प्रगति
९२.०१%
वित्तीय प्रगति
९०.१८%
११३
बुँदा नं: ११३
राष्ट्रिय प्रसारण लाइन नपुगेको दुर्गम स्थानमा सामुदायिक लघु जलविद्युत आयोजनाको निर्माण एवम् मर्मत सम्भार कार्यलाई निरन्तरता दिइनेछ।
२०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
११४
बुँदा नं: ११४
सुशासनलाई नागरिकस्तरबाटै अनुभूति हुने गरी तहगत सामञ्जस्यता र अन्तरसम्बन्ध स्थापित गर्न नीतिगत सुधार, विकास क्रियाकलाप र सेवा प्रवाहलाई सुदृढ बनाइनेछ। सार्वजनिक सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम प्रयोग, सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सेवाग्राही सन्तुष्टी सर्वेक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ। सरकारका संरचनालाई छरितो बनाउन प्रशासनिक पुनर्संरचना तथा दरबन्दी पुनरावलोकन समितिको सुझावको अनुपालन गरिनेछ।
१,१०,५२,०००
भौतिक प्रगति
३२.२६%
वित्तीय प्रगति
०.६९%
११५
बुँदा नं: ११५
स्थानीय न्यायिक समितिलाई मजबुत बनाउन न्यायिक सहजकर्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। स्थानीय तहबाट जारी गरिएका कानुनको अध्ययन गरी आवश्यकताका आधारमा नमुना कानुन तर्जुमा गरिनेछ। कानुन निर्माण प्रक्रियामा लैङ्गिक मूलप्रवाहीकरण, सामाजिक समावेशीकरण, जलवायु उत्थानशीलता र दिगो विकास लक्ष्यलाई आत्मसात गर्दै समयानुकूल बनाइनेछ।
२,६०,००,०००
भौतिक प्रगति
३५.७५%
वित्तीय प्रगति
५.०५%
११६
बुँदा नं: ११६
मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गर्दै आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका वर्ग, समुदाय, जोखिममा रहेका विपन्न, सीमान्तीकृत एवम् उत्पीडित वर्गको अधिकार संरक्षण गर्न विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। मानवअधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको समीक्षा गर्दै आगामी राष्ट्रिय कार्ययोजनालाई आन्तरीकीकरण गरी कार्यान्वयन गरिनेछ।
३०,००,०००
भौतिक प्रगति
१६.६७%
वित्तीय प्रगति
१.४८%
११७
बुँदा नं: ११७
प्रदेश र स्थानीय तहको साझेदारीमा ग्रामीण अर्थतन्त्र सुधार गर्न मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाइनेछ।
२७,२६,५१,०००
भौतिक प्रगति
७०.५९%
वित्तीय प्रगति
४४.८१%
११८
बुँदा नं: ११८
प्रदेश सरकारबाट सञ्‍चालन हुने आयोजना तथा कार्यक्रममा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहितको संयुक्त संयन्त्र मार्फत् अनुगमन एवम् सहजीकरण गर्दै समयमा नै आयोजना सम्पन्न हुने सुनिश्चितता गरिनेछ।
१७,५६,७६,०००
भौतिक प्रगति
६२.५४%
वित्तीय प्रगति
४३.७७%
११९
बुँदा नं: ११९
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरी सार्वजनिक सेवा प्रवाहलाई विद्युतीय प्रणालीको माध्यमबाट सहज, सरल र पहुँचयुक्त बनाउँदै लगिनेछ। डिजिटल प्रदेशको अवधारणा अनुरूप विद्युतीय शासन प्रणालीलाई सार्वजनिक सेवामा आवद्ध गर्दै आयोजना तथा कार्यक्रममा अनलाइन प्रविधिको प्रयोग गर्न विषयगत मन्त्रालयका सम्बन्धित पदाधिकारीलाई जिम्मेवार तथा उत्तरदायी बनाइनेछ।
१३,२०,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१२०
बुँदा नं: १२०
आर्टिफिसियल इन्टेलिजेन्स (AI) जस्ता नवीनतम सूचना प्रविधिको विकासले ल्याएका अवसरको सदुपयोग तथा त्यसले सिर्जना गरेका चुनौतिको सामना गर्न सूचना प्रविधि तथा साइवर सेक्युरिटी सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
७,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३५ नीति तथा कार्यक्रमहरू भेटिए
जम्मा १३५ रेकर्डमध्ये १०१ - १२० देखाइएको छ।