नीति तथा कार्यक्रम रिपोर्ट

क्र.सं. नीति तथा कार्यक्रम कुल बजेट प्रगति एक्सन
१२१
बुँदा नं: १२१
प्रदेशमा शान्ति सुरक्षा एवम् सुव्यवस्था कायम गर्न प्रदेश सुरक्षा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ। अन्तर्राष्ट्रिय सीमा नाकामा नेपाल सरकार, प्रदेश सरकार र सुरक्षा निकायसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण कार्य गरी सुरक्षा व्यवस्था मजबुत बनाउन सहयोग पुर्‍याइनेछ।
१,०५,००,०००
भौतिक प्रगति
२०.११%
वित्तीय प्रगति
१४.०३%
१२२
बुँदा नं: १२२
नागरिकमैत्री प्रहरी कार्यक्रमलाई निरन्तरता दिंदै नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रहरीका लागि आवश्यक पूर्वाधार र बालसुधार गृहको भौतिक संरचनाको मर्मत-सम्भार एवम् सुधारका कार्यलाई निरन्तरता दिइनेछ।
८,५९,८५,०००
भौतिक प्रगति
९४.१२%
वित्तीय प्रगति
९९.४२%
१२३
बुँदा नं: १२३
नागरिकसँगको सहकार्यमा ट्राफिक व्यवस्थापन सुदृढीकरण तथा सचेतना अभिवृद्धि, मानव बेचबिखन रोकथाम, घरेलु हिंसा नियन्त्रण,  लागू औषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण, आत्महत्या निरूत्साहन, विद्युतीय अपराध नियन्त्रण जस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।
३६,५०,०००
भौतिक प्रगति
२१.७६%
वित्तीय प्रगति
६.८५%
१२४
बुँदा नं: १२४
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह र समुदायसँगको सहकार्यमा विपद्‌मा युवा कार्यक्रम सञ्‍चालन गरिनेछ। उद्धार सामग्रीको भण्डारण तथा व्यवस्थापन प्रभावकारी बनाई तहगत समन्वयमा विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिइनेछ।
१०,९१,००,०००
भौतिक प्रगति
४२.८६%
वित्तीय प्रगति
८.४२%
१२५
बुँदा नं: १२५
प्रदेश र स्थानीय तहका कर्मचारीको वैयक्तिक सूचना प्रणाली सुदृढीकरण गरिनेछ। कर्मचारी उत्प्रेरणाका लागि मौद्रिक र गैरमौद्रिक सेवा सुविधाका सम्बन्धमा आवश्यक कानुनी व्यवस्था मिलाइनेछ। प्रदेशमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सामुहिक दुर्घटना बिमा तथा स्वास्थ्य बिमा कार्यक्रम प्रारम्भ गरिनेछ। स्थानीय सेवामा कार्यरत कर्मचारीलाई प्रदेशस्तरीय एकीकृत कर्मचारी कल्याण कोष स्थापना गर्न आवश्यक कानूनी व्यवस्था गरी कोष स्थापना तथा सञ्चालन गरिनेछ।
२९,५०,०००
भौतिक प्रगति
२६.१३%
वित्तीय प्रगति
९.८५%
१२६
बुँदा नं: १२६
स्वतन्त्र प्रेसः समुन्नत गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको सुदृढीकरण गर्दै आमसञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन सञ्चार माध्यमको दर्ता, नवीकरण एवम् प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाईन उपलब्ध हुने व्यवस्था गरिनेछ।
५,२५,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१२७
बुँदा नं: १२७
श्रमजीवी पत्रकारको पेशागत क्षमता अभिवृद्धि गर्न, सञ्चार माध्यमलाई व्यवस्थित तथा मर्यादित बनाउन सरोकारवालासँगको समन्वयमा सञ्चार सम्बन्धी कानून तर्जुमा गरिनेछ। पत्रकार लेखनवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१२८
बुँदा नं: १२८
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको दोस्रो व्यवसायिक कार्ययोजना तयार गरिनेछ। प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी एवम् निर्वाचित जनप्रतिनिधिहरूको क्षमता विकास, सुशासन र कार्यसम्पादनमा सुधार गर्न आवश्यक प्रशिक्षण र क्षमता विकास कार्यक्रम गरिनेछ।
१९,५०,०००
भौतिक प्रगति
१६.६७%
वित्तीय प्रगति
०.००%
१२९
बुँदा नं: १२९
प्रदेश विकासको संवाहकको विशिष्टिकृत निकायको रुपमा रहेको प्रदेश नीति तथा योजना आयोगको सबलीकरण गरिनेछ। एकीकृत तथ्याङ्क प्रणालीको विकास गरी सूचना तथा प्रमाणमा आधारित नीति निर्माण तथा योजना कार्यान्वयनको आधार तय गरिनेछ। प्रदेशमा तथ्याङ्क र अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कानुन तयार गरी कार्यान्वयनमा ल्याइनेछ।
१५,००,०००
भौतिक प्रगति
३३.३३%
वित्तीय प्रगति
१००.००%
१३०
बुँदा नं: १३०
आर्थिक विकास तथा शासन प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रम (Chief Minister Public Governance Fellowship Program) सुरुवात गरिनेछ। प्रतिभाशाली युवाको नवीन सोच, ज्ञान र सीपको समुचित प्रयोगबाट नीति परिणाम सुनिश्चित गरी सरकारको सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गरिनेछ।
६०,००,०००
भौतिक प्रगति
२५.००%
वित्तीय प्रगति
०.००%
१३१
बुँदा नं: १३१
प्रदेश आयोजना बैंकलाई कार्यान्वयनमा लगिनेछ। आवधिक योजना, मध्यमकालीन खर्च संरचना र बजेटका बीचमा कार्यगत सम्बन्धको विकास गरिनेछ। बहुवर्षीय आयोजना छनौट मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइनेछ। नीति, योजना, कार्यक्रम तथा आयोजनाको अनुगमन तथा मूल्याङ्कनलाई प्रमाणमा आधारित र नतिजामुखी बनाइनेछ। रुग्ण, समस्याग्रस्त तथा बहुवर्षीय आयोजनाको वस्तुस्थिति विवरण अद्यावधिक गरिनेछ।
३६,००,०००
भौतिक प्रगति
५६.४१%
वित्तीय प्रगति
७०.३०%
१३२
बुँदा नं: १३२
योग्य मानव संशाधनको छनौट र व्यवस्थापन मार्फत सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन तयार गरिएको प्रदेश लोक सेवा आयोगको रणनीतिक योजना (२०८१/०८२ - २०८५/०८६) को प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ। प्रदेश लोक सेवा आयोगको भवन निर्माण कार्य अगाडि बढाइनेछ।
८,०२,३६,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३३
बुँदा नं: १३३
गण्डकी प्रदेश सभाको काम कारवाहीलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन प्रदेश सभाको भौतिक संरचना निर्माण कार्यलाई निरन्तरता दिइनेछ। संसदीय गतिविधिलाई सहज र प्रभावकारी बनाउन सूचना प्रविधिमा आधारित प्रणालीको अवलम्बन गरिनेछ।
६,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३४
बुँदा नं: १३४
प्रदेश सभाका कामकारवाही एवम् उपलब्धि नागरिकसमक्ष संप्रेषण गर्न र प्रदेश सभाबाट बनेका कानुनको प्रभावकारिता अभिवृद्धि गर्न तथा सरकारी आश्वासन कार्यान्वयन गर्न संसदीय निगरानीलाई प्रभावकारी बनाइनेछ। प्रदेश सभाका पदाधिकारी, प्रदेश सभा सदस्य तथा कर्मचारीको संसदीय गतिविधिसम्बन्धी क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३५
बुँदा नं: १३५
नीति, कानुन, विधेयक, प्रत्यायोजित विधायन तर्जुमामा मानव अधिकार, लैङ्गिक र अशक्त समानता तथा सामाजिक समावेशीकरण अवधारणालाई आत्मसात गरिनेछ। संसदीय कामकारवाहीको लैङ्गिक तथा मानव अधिकारको दृष्टिले परीक्षण गरिनेछ। प्रदेश सभाले निर्माण गरेका कानुन विधायिकी मनसायअनुसार कार्यान्वयन भए नभएको मापन गर्न उत्तर विधायिकी परीक्षण गरिनेछ।
७,५०,०००
भौतिक प्रगति
१६.६७%
वित्तीय प्रगति
३३.३३%
१३५ नीति तथा कार्यक्रमहरू भेटिए
जम्मा १३५ रेकर्डमध्ये १२१ - १३५ देखाइएको छ।