बजेट वक्तव्य रिपोर्ट

क्र.सं. बजेट वक्तव्य स्वीकृत बजेट प्रगति एक्सन
४१
बुँदा नं: ४१
वृद्धिमुखी उद्यमशीलता र रोजगारी सिर्जना नमुना कार्यक्रम, सीपमूलक तालिम, उद्यमशीलता विकास र प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिनेछ।
३,०३,१५,०००
भौतिक प्रगति
२०.८५%
वित्तीय प्रगति
५९.२७%
४२
बुँदा नं: ४२
उद्योगको विकास र प्रदेश समुन्नतिको आधारको सोचलाई आत्मसाथ गर्दै प्रदेशस्तरीय औद्योगिक क्षेत्र विकासका लागि लोकाहाखोला र पुडिटारमा जग्गा प्राप्ति तथा निर्माण कार्यलाई अगाडि वढाईनेछ।
६७,००,०००
भौतिक प्रगति
९.०९%
वित्तीय प्रगति
१४.९८%
४३
बुँदा नं: ४३
प्रदेशको आर्थिक वृद्धिका लागि स्थानीयरुपमा मदिराको गुणस्तरीय उत्पादन र बिक्री वितरणको कानुनी व्यवस्था मिलाईनेछ। प्रदेशमा स्थानीय कच्चा पदार्थबाट परम्परागत घरेलु मदिराको व्यवस्थित उत्पादन, नियमन तथा बजारीकरण मार्फत मदिरा र मदिराजन्य पदार्थको आयात प्रतिस्थापन गरिनेछ।
६,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
४४
बुँदा नं: ४४
उपभोक्ता हकहित संरक्षणका लागि आवश्यक कानूनी प्रबन्ध, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण एवम् आपूर्ति व्यवस्थालाई सहज बनाउन प्रभावकारी बजार अनुगमन र उपभोक्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
४७,२०,०००
भौतिक प्रगति
२२३.६६%
वित्तीय प्रगति
६.२०%
४५
बुँदा नं: ४५
गण्डकको खास, बसौं घरबास भन्ने मुल नारालाई केन्द्रित गर्दै घरबास कार्यक्रमलाई थप प्रभावकारिताका साथ सञ्चालन गरिनेछ।
४०,००,०००
भौतिक प्रगति
५२.९४%
वित्तीय प्रगति
३३.१०%
४६
बुँदा नं: ४६
उद्योग तथा पर्यटन मन्त्रालयलाई रु.84 करोड 21 लाख 93 हजार विनियोजन गरेको छु।
२८,५०,०००
भौतिक प्रगति
१९.४४%
वित्तीय प्रगति
१४.०३%
४७
बुँदा नं: ४७
प्रदेशको आर्थिक समुन्नतीमा वन क्षेत्रको योगदान अभिवृद्धि गर्न वन संवर्द्धन प्रणालीमा आधारित कानून र निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ।
२,६६,४८,०००
भौतिक प्रगति
७६.८५%
वित्तीय प्रगति
२९.२८%
४८
बुँदा नं: ४८
जलवायु परिवर्तनका प्रभावहरुलाई न्यूनीकरण तथा अनुकूलन गर्न सरोकारवाला निकायको समन्वय र सहकार्यमा स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि र जलवायु उत्थानशील विकासलाई संस्थागत गर्न आवश्यक प्रबन्ध मिलाइनेछ।
५७,१७,०००
भौतिक प्रगति
६७.९४%
वित्तीय प्रगति
४२.०९%
४९
बुँदा नं: ४९
प्रदेशको आर्थिक विकासमा योगदान पुर्‍याउने राष्ट्रिय प्राथमिकता प्राप्त जडीबुटी तथा गैह्रकाष्ठ वन पैदावार वन क्षेत्र एवं सार्वजनिक र निजी जग्गामा खेती विकास र विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। खेतीयोग्य बाँझो र खाली रहेको निजी तथा सार्वजनिक जग्गाको उपयोग गरी नमूना कृषि वन कार्यक्रम प्रवर्द्धन गर्ने व्यवस्था मिलाएको छु।
१,०८,६०,०००
भौतिक प्रगति
६७.१९%
वित्तीय प्रगति
४६.३३%
५०
बुँदा नं: ५०
मर्स्याङ्गदी जलाधार क्षेत्रलाई विद्यावत सहर र कालिगण्डकी जलधार क्षेत्रलाई कृषि र पर्यापर्यटन केन्द्र र सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
२०,००,०००
भौतिक प्रगति
५०.००%
वित्तीय प्रगति
१००.००%
५१
बुँदा नं: ५१
सहरी क्षेत्रमा हरियाली प्रवर्द्धन गर्न सामुदायिक वन, सहरी वन तथा वर पिपल चौतारी संरक्षण र विकास मार्फत स्वस्थ वातावरण कायम राख्न स्थानीय तहसँगको साझेदारीमा हरित सहरी अभियान र नक्षत्र बाटिका स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
५,३७,४५,०००
भौतिक प्रगति
४९.४५%
वित्तीय प्रगति
४५.३०%
५२
बुँदा नं: ५२
वन वातावरण र जैविक विविधताको दिगो संरक्षण र व्यवस्थापन कार्यलाई निरन्तरता दिइनेछ। सीमसार तथा जलाधार क्षेत्रको संरक्षणमा प्रकृतिमा आधारित समाधान (Nature based solutions) साथै बायोइन्जिनियरिङ्ग प्रविधिमैत्री संरचना निर्माण गर्न आवश्यक बजेटको प्रबन्ध मिलाएको छु।
२५,५३,६४,०००
भौतिक प्रगति
९३.९७%
वित्तीय प्रगति
८३.३४%
५३
बुँदा नं: ५३
वन डढेलो रोकथाम तथा नियन्त्रण गर्नका लागि वनमा रहेको ज्वलनशील पदार्थ तथा मिचाहा प्रजातिको व्यवस्थापन तथा संकलन गरी जैविक मल उत्पादन कार्य प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
१,७५,९०,०००
भौतिक प्रगति
९४.८२%
वित्तीय प्रगति
८०.६४%
५४
बुँदा नं: ५४
मानव र वन्यजन्तु बीच सहअस्तित्व कायम गर्ने कार्यक्रम तथा वन्यजन्तुबाट हुने क्षतिमा राहत वितरण कार्यक्रमलाई निरन्तरता दिएको छु। वन्यजन्तुको उद्दार, उपचार, संरक्षण, पुनर्स्थापना र व्यवस्थापन गर्न कास्की जिल्लामा रहेको पचभैया प्राणी उद्यान तथा वन्यजन्तु उद्दार केन्द्रको विकास तथा व्यवस्थापन गर्न रु एक करोड पच्चीस लाख विनियोजन गरेको छु।
३,६४,९१,०००
भौतिक प्रगति
७१.७९%
वित्तीय प्रगति
५५.०८%
५५
बुँदा नं: ५५
भूमिगत जल पूनर्भरण र वन्यजन्तुको बासस्थानमा पानीको व्यवस्था गर्न “एक सामुदायिक वनः एक पोखरी” कार्यक्रमलाई निरन्तरता दिएको छु।
५७,२५,०००
भौतिक प्रगति
८९.६८%
वित्तीय प्रगति
८६.७९%
५६
बुँदा नं: ५६
जलवायु परिवर्तनको असरलाई अनुकूलन तथा न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायको समन्वय र सहकार्यमा प्रदुषण र फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धन एवम् हिमाल संरक्षणका लागि माछापुच्छ्रे संवाद कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
१,३७,१२,०००
भौतिक प्रगति
९५.२०%
वित्तीय प्रगति
९३.३१%
५७
बुँदा नं: ५७
वन क्षेत्रगत अनुसन्धान गर्न, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न र वन तथा वातावरण विषय अध्ययन गर्न विद्यार्थीलाई ईन्टर्नसीप कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। पोखरामा अन्तर्राष्ट्रिय स्तरको वानस्पतिक पर्यटकीय पार्क निर्माण गर्न रु 2 करोड बजेट विनियोजन गरेको छु।
२,८३,४९,५५५
भौतिक प्रगति
६१.२४%
वित्तीय प्रगति
५.१३%
५८
बुँदा नं: ५८
वन तथा वातावरण मन्त्रालयको लागि रु. 1 अर्ब 6 करोड 50 लाख 40 हजार बजेट विनियोजन गरेको छु।
७७,९२,०००
भौतिक प्रगति
४५.२४%
वित्तीय प्रगति
२७.४३%
५९
बुँदा नं: ५९
स्थानीय तहसँगको साझेदारीमा दुर्गम र छरिएका बस्ती क्षेत्रहरूमा आवश्यकता अनुसार "विग र लिड विद्यालय तथा आवासीय विद्यालय विस्तार गर्ने कार्यक्रमलाई प्रोत्साहन गरी हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका विद्यालयहरूको शैक्षिक तथा संरचनात्मक सुधार कार्यक्रमलाई निरन्तरता दिएको छु।
२,०८,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
६०
बुँदा नं: ६०
सामुदायिक शिक्षालयको गुणस्तर सुधारका लागि अभिभावक शिक्षा, शैक्षिक जागरण, प्रतिभा पहिचान, शिक्षकको पेशागत क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिएको छु। क्याम्पस तथा सामुदायिक विद्यालय समायोजन कार्यलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
३,६९,८४,०००
भौतिक प्रगति
१४.९७%
वित्तीय प्रगति
०.००%
१५६ बजेट वक्तव्यहरू भेटिए
जम्मा १५६ रेकर्डमध्ये ४१ - ६० देखाइएको छ।