बजेट वक्तव्य रिपोर्ट

क्र.सं. बजेट वक्तव्य स्वीकृत बजेट प्रगति एक्सन
१२१
बुँदा नं: १२१
गण्डकी प्रदेशमा आमसञ्चार तथा पत्रकारिताको विकास तथा विस्तारको लागि विशेष व्यवस्था मिलाएको छु। प्रदेश भित्रका पत्रकारलाई प्रोत्साहन स्वरुप क्षमता विकास कार्यक्रम र लेखनवृति फेलोसिप कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१२२
बुँदा नं: १२२
योग्य र उपयुक्त मानव संशाधनको छनोट र व्यवस्थापन मार्फत सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, र सेवामुखी बनाउन तयार गरिएको प्रदेश लोक सेवा आयोगको रणनीतिक योजना (2081/082-2085/086) कार्यान्वयनका लागि आवश्यक स्रोतको व्यवस्था गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१२३
बुँदा नं: १२३
योग्यता प्रणालीको प्रवर्द्धन र स्वच्छ तथा निष्पक्ष विधि एवम् लोक सेवा आयोगले अवलम्बन गरेका सिद्बान्त तथा मापदण्ड बमोजिम कार्यसम्पादन गर्न प्रदेश लोक सेवा आयोगको भवन निर्माण गर्ने कार्यको लागि जग्गा प्राप्ती र भवन निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरेको छु।
८,०२,३६,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१२४
बुँदा नं: १२४
प्रदेशमा शान्ति, सुरक्षा एवं सुव्यवस्था कायम गर्न प्रदेश सुरक्षा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।नेपाल सरकारको समन्वय र सहकार्यमा अन्तराष्ट्रिय सीमा नाका तथा अन्तर प्रदेश सीमामा पूर्वाधार निर्माण गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइनेछ।
९,१९,८५,०००
भौतिक प्रगति
५८.७५%
वित्तीय प्रगति
९४.५३%
१२५
बुँदा नं: १२५
प्रदेशभित्रका जोखिम क्षेत्रको पहिचान र नक्साङ्कन कार्य सम्पन्न गरी विपद् पूर्व तयारी, प्रतिकार्य, पुनर्निमाण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। विपद् प्रतिकार्यका लागि प्रदेश विपद् व्यवस्थापन कोषमा न्युनतम रु १० करोड मौज्दात रहने व्यवस्था मिलाएको छु।
१,३२,००,०००
भौतिक प्रगति
४०.००%
वित्तीय प्रगति
०.९९%
१२६
बुँदा नं: १२६
प्रदेश प्रशासनिक संरचना पनुरावलोकन अध्ययन तथा सुझाव समितिबाट प्राप्त सुझावको आधारमा प्रदेश सरकारका निकायबाट प्रदान हुने सेवा र कार्यबोझ बीच तादाम्यता कायम गरी संगठन संरचनालाई छिटो छरितो मितव्ययी, चुस्त दुरुस्त र नतिजामुखी बनाउन मौजुदा संगठन संरचना तथा दरवन्दी पूनरावलोकन गरी अनावश्यक प्रशासनिक खर्च कटौती गरिनेछ।
१०,००,०००
भौतिक प्रगति
१००.००%
वित्तीय प्रगति
१७.५०%
१२७
बुँदा नं: १२७
प्रदेश नीति तथ योजना आयोगको संस्थागत सबलीकरण गरी अझ प्रभावकारी बनाइनेछ। सूचना तथा प्रमाणमा आधारित नीति तथा योजना निर्माण सुनिश्चित गर्न एकीकृत तथ्याङ्क प्रणालीको विकास, अद्यावधिक तथा अभिलेखिकरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
१९,५०,०००
भौतिक प्रगति
४०.००%
वित्तीय प्रगति
८४.१४%
१२८
बुँदा नं: १२८
प्रदेशको आर्थिक विकास तथा सुशासन प्रणालीलाई सुदृढ गर्न “मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रम” (Chief Minister Public Governance Fellowship Program) प्रारम्भ गरिनेछ। युवा जनशक्तिलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा संलग्न गराउन आवश्यक प्रबन्ध मिलाएको छु।
६०,००,०००
भौतिक प्रगति
२५.००%
वित्तीय प्रगति
०.००%
१२९
बुँदा नं: १२९
आयोजना बैंकलाई प्रभावकारी बनाउँदै आयोजना व्यवस्थापन कार्यलाई थप व्यवस्थित गरिनेछ। मन्त्रालयगत बहुवर्षीय आयोजना र स्रोत सुनिश्चितताको सीमा निर्धारण गरी प्रदेशको वित्तीय दायित्व अनुमानयोग्य बनाइनेछ।
२५,००,०००
भौतिक प्रगति
९६.६७%
वित्तीय प्रगति
१००.००%
१३०
बुँदा नं: १३०
स्थानीय तहसँग साझेदारीमा कृषि र पर्यटन क्षेत्रको आयोजना तथा कार्यक्रम सञ्चालन गरिनेछ। संघीयताको मर्म अनुसार, स्थानीय तहको क्षमता अभिवृद्धि प्रदेश सरकारको मुख्य जिम्मेवारी रहेकाले मागमा आधारित क्षमता विकास कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाएको छु।
१७,५०,०००
भौतिक प्रगति
६०.००%
वित्तीय प्रगति
१३.५०%
१३१
बुँदा नं: १३१
महिला, बालबालिका अपाङ्गता भएका व्यक्ति तथा अशक्त एवम् भौगोलिक र जातीय रुपमा पिछडिएका नागरिकहरुको राज्यका हरेक क्षेत्रमा पहुँच राख्न सक्ने गरी सशक्तिकरण, सबलीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ।
२५,५०,०००
भौतिक प्रगति
१४.२९%
वित्तीय प्रगति
९.८०%
१३२
बुँदा नं: १३२
स्थानीय तहमा संकलन हुने दहत्तर बहत्तर शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करलाई काननू बमोजिम विभाज्य कोषमा जम्मा गरी नियमित रुपमा प्रदेशमा पठाउने पालिकाहरुलाई प्रोत्साहनको प्रबन्ध मिलाएको छु। साथै स्थानीय तह साझेदारीमा आयोजना तथा कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३३
बुँदा नं: १३३
प्रदेशले विनियोजन गरेका आयोजना र कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने प्रयोजनका लागि प्रदेशका 11 वटै जिल्लाका जिल्ला समन्वय समितिको कार्यालयलाई आवश्यक बजेटको व्यवस्था गरेको छु।
३,२५,०००
भौतिक प्रगति
५०.००%
वित्तीय प्रगति
३१.६६%
१३४
बुँदा नं: १३४
प्रदेशभित्र निर्माण हुने भौतिक संरचनाहरुमा प्रयोग हुने निर्माण सामाग्रीको स्रोत पहिचान गरी कानूनबमोजिम राजस्व संकलनको प्रबन्ध मिलाइनेछ। दुई सय जना भन्दा बढी व्यक्तिलाई रोजगारी सिर्जना गरेका उत्पादनमूलक उद्योग तथा व्यावसायलाई 75 प्रतिशत कर छुटको व्यवस्था मिलाएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३५
बुँदा नं: १३५
प्रदेश सरकारको पूँजिगत खर्च गर्ने क्षमता सुधार गर्दै चालु खर्चलाई न्यूनीकरण गर्न खर्चको मापदण्डको प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
१८,००,०००
भौतिक प्रगति
१००.००%
वित्तीय प्रगति
७.२७%
१३६
बुँदा नं: १३६
हाल सञ्‍चालनमा रहेका प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना, क्रमागत र अधुरा आयोजनाको तोकिएको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्न प्राथमिकता दिएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३७
बुँदा नं: १३७
नेपाल सरकार र स्थानीय तहको समन्वय तथा सहकार्यमा प्रदेशको आर्थिक, सामाजिक लगायतका क्षेत्रको सूचना तथा तथ्याङ्क व्यवस्थापन गर्नका लागि प्रादेशिक सूचना व्यवस्थापन प्रणालीको स्थापना र सञ्‍चालन गरिनेछ।
१,९०,०००
भौतिक प्रगति
३३.३३%
वित्तीय प्रगति
१२.६३%
१३८
बुँदा नं: १३८
सुदृढ प्रादेशिक अर्थतन्त्र निर्माणको लागि हस्तक्षेपकारी कार्यक्रमको रुपमा इनभेष्ट गण्डकी कार्यक्रम सञ्चालन गरिनेछ।कृषि, पर्यटन, ऊर्जा र वन तथा खानीजन्य उद्योगमा बाह्य लगानी आकर्षण मार्फत रोजगारी सिर्जना र गरिबी निवारणमा जोड दिइनेछ।
१,९५,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१३९
बुँदा नं: १३९
आगामी आर्थिक वर्ष २०८२/८३ को लागि निर्धारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रू 31 अर्ब 97 करोड 99 लाख 99 हजार विनियोजन गरेको छु। जसमध्ये चालुतर्फ रू12 अर्ब 63 करोड 66 लाख 75 हजार अर्थात कुल विनियोजनको 39.5 प्रतिशत, पूँजिगत तर्फ रू. 19 अर्ब 9 करोड 33 लाख 24 हजार अर्थात कुल विनियोजनको 59.7 प्रतिशत र वित्तीय व्यवस्थातर्फ 25 करोड अर्थात कुल विनियोजनको 0.8 प्रतिशत रकम विनियोजित गरेको छु। साथै आगामी वर्ष रू 1 करोड 54 लाख 52 हजार सञ्‍चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१४०
बुँदा नं: १४०
आगामी आर्थिक वर्ष २०८२/८३ को लागि खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रू. 7 अर्ब 73 करोड 89 लाख, राजस्व बाँडफाँटबाट रू. 9 अर्ब 79 करोड 29 लाख 40 हजार, रोयल्टी बाँडफाँटबाट रू ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ रू 3 अर्ब 35 करोड 64 लाख, समपूरक अनुदानतर्फ रू 63 करोड 97 लाख र विशेष अनुदानतर्फ रू 49 करोड 86 लाख प्राप्त हुने अनुमान गरेको छु।प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रू. 5 अर्ब ४५ करोड ८४ लाख ८८ हजार प्राप्त हुने अनुमान गरेको छु।साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्‍चात रू 2 अर्ब 24 करोड 50 लाख 94 हजार नगद मौज्दात बचत हुने अनुमान गरेको छु। यसरी न्यून हुने रकम मध्ये रू 1 अर्ब 75 करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५६ बजेट वक्तव्यहरू भेटिए
जम्मा १५६ रेकर्डमध्ये १२१ - १४० देखाइएको छ।