बजेट वक्तव्य रिपोर्ट

क्र.सं. बजेट वक्तव्य स्वीकृत बजेट प्रगति एक्सन
१४१
बुँदा नं: १४१
प्रदेशको आर्थिक क्रियाकलापमा बढोत्तरी हुने गरी आगामी आर्थिक वर्षको राजस्व नीति प्रस्ताव गरेको छु। संघ सरकार र अन्य प्रदेश सरकारबाट अख्तियार गरिएका सम्वद्ध राजस्व परिचालनका असल अभ्यासहरुलाई समेत आधार लिई आगामी आर्थिक वर्षका लागि राजस्व नीति र कार्यक्रम तर्जुमा गरेको छु।
३३,९९,०००
भौतिक प्रगति
७१.५३%
वित्तीय प्रगति
४८.२५%
१४२
बुँदा नं: १४२
प्रदेशको क्षेत्राधिकारभित्र रही आन्तरिक राजस्वको केही क्षेत्रमा करको दरलाई घटाइ अन्य दरलाई यथावत राखेको छु। यसरी कम हुने आन्तरिक राजस्वलाई सम्भावित नयाँ क्षेत्रहरुमा राजस्वको दायरा थप गरी परिपूर्ति गर्ने नीति अवलम्बन गरेको छु।
५,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१४३
बुँदा नं: १४३
जग्गा प्रशासनको कार्यजिम्मेवारी स्थानीय तहमा हस्तान्तरण नहुँदासम्म घरजग्गा रजिष्ट्रेशन शुल्क साविक बमोजिमनै मालपोत कार्यालयहरुबाट संकलन गरिने व्यवस्थालाई निरन्तरता दिएको छु।गत आर्थिक वर्षहरुमा प्रदान गरिदै आएको राजस्व छुट सम्बन्धी व्यवस्थालाई निरन्तरता दिएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१४४
बुँदा नं: १४४
भूमि सुधार/मालपोत कार्यालयबाट मानो जोडिएको र छुट्टीएकोमा लाग्ने लिखत बापतको शुल्कलाई समायोजन गरेको छु। भूमि सुधार/मालपोत कार्यालयबाट जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट भई दाखिल खारेज हुन आउदा लाग्ने सेवा शुल्कलाई समायोजन गरी सेवा शुल्क नलाग्ने व्यवस्था गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१४५
बुँदा नं: १४५
भाडामा सञ्चालन हुने बस, मिनिबस तथा माइक्रोबसमा सवार गर्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई छुट दिने व्यवस्था मिलाएको छु। निजी तथा सार्वजनिक विद्युतीय सवारी साधनको पञ्जिकरण तथा नवीकरणको दर निर्धारण गरी कर संकलनको आधार निर्माण गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१४६
बुँदा नं: १४६
प्रदेशको राजस्व परिचालन अभिवृद्धि गर्न आर्थिक मामिला मन्त्रालय अन्तर्गत प्रदेश राजस्व व्यवस्थापन कार्यालय स्थापना गरी सेवा सूचारु गर्ने प्रबन्ध मिलाएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१४७
बुँदा नं: १४७
भाडामा सञ्चालन हुने बस, मिनिबस तथा माइक्रोबसले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भाडामा छुट सहुलियत दिए वापत त्यस्ता सवारी साधनका धनीलाई सवारी साधन करमा साठी प्रतिशत छुट दिने व्यवस्था लाई निरन्तरता दिएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१४८
बुँदा नं: १४८
प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, कर लगाउन तथा राजस्व सङ्कलन र राजस्व प्रशासन सम्बन्धी कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको प्रदेश आर्थिक विधेयक, २०८२ र प्रदेश सरकारको सेवा तथा कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धी कानूनी व्यवस्था गर्न बनेको गण्डकी प्रदेश विनियोजन विधेयक, २०८२ यसैसाथ प्रस्तुत गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१४९
बुँदा नं: १४९
चालू आर्थिक वर्ष २०८1/८2 मा कूल रु ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार विनियोजन भएकोमा जेष्ठ मसान्तसम्म विनियोजनको ४८. ०६ प्रतिशत खर्च भएको
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५०
बुँदा नं: १५०
हालसम्म गण्डकी प्रदेश सरकारले कानूनी र संस्थागत व्यवस्थाको अभावमा आन्तरिक ऋण परिचालन गर्न नसकेकोमा आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ। त्यस्तो ऋण रकम उत्पादनमूलक, रोजगारी सृजना गर्ने र उच्च प्रतिफलयुक्त योजनाहरुमा मात्र खर्च गरिनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५१
बुँदा नं: १५१
चालू आर्थिक वर्षको मन्त्रालय/निकायको विनियोजित बजेट र सो बमोजिमको प्रगति विवरण समावेश भएको मन्त्रालयगत प्रगति विवरण प्रदेश सभामा छुट्टै पेश गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५२
बुँदा नं: १५२
प्रदेशको आन्तरिक राजस्व अपेक्षित रुपमा विस्तार हुन नसकेको, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान,समपूरक अनुदान र विशेष अनुदानको माध्यमबाट प्राप्त हुने वित्तीय हस्तान्तरण विगतको वर्षभन्दा घट्न गएको कारणले आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको भन्दा केही साँघुरो हुन पुगेको छ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५३
बुँदा नं: १५३
प्रदेश सरकारका दरबन्दीमा हुँदै गएको पदपूर्तिको अवस्थामा नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीहरुको लागि बढाएको मासिक तीन हजार महंगी भत्ता व्यवस्थापन गर्नु पर्ने भएकोले चालू खर्च वृद्धि हुन गई विकास बजेटमा चाप परेको छ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५४
बुँदा नं: १५४
सरकारले ठूला पूर्वाधार निर्माण, औद्योगिक पूर्वाधार निर्माण, उत्पादन र उत्पादकत्वमा जोड, राजस्वको दायरा वृद्धिमा गरेको प्रयास, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार न्यूनीकरणमा अपनाएको शून्य सहनशीलताको नीतिले नागरिक सन्तुष्टी अभिवृद्धिका साथै प्रदेशको अर्थतन्त्रको आकार क्रमश: विस्तार हुँदै जाने विश्वास लिएको छु।
१,७९,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५५
बुँदा नं: १५५
प्रस्तुत बजेट कार्यान्वयनबाट प्रदेशको विकासको मूल आधार भौतिक पूर्वाधार निर्माण, रोजगारी वृद्धि, आर्थिक क्रियाकलापमा बढोत्तरी हुनुको साथै नागरिकको जीवनस्तरमा सुधार आई समुन्नत प्रदेशको आधारशिला तयार हुने विश्वास लिएको छु।
१०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५६
बुँदा नं: १५६
अन्त्यमा, बजेट निर्माणको क्रममा मार्गदर्शन प्रदान गर्नुहुने माननीय प्रदेश प्रमुख, माननीय मुख्यमन्त्री, माननीय सभामुख, माननीय मन्त्रीहरु, माननीय प्रदेश सभा सदस्यहरु, राजनीतिक दलका नेतागण एवम् अग्रजहरु, राजस्व परामर्श समिति, स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, पत्रकार एवम् सञ्चार जगतबाट प्राप्त सुझाव, सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु। यो बजेट कार्यान्वयनमा नेपाल सरकार, स्थानीय तह, सम्पूर्ण सरोकारवाला तथा प्रदेश सरकारका सबै निकायबाट इमान्दार प्रयास र पर्याप्त सहयोग प्राप्त हुने विश्वास लिएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५६ बजेट वक्तव्यहरू भेटिए
जम्मा १५६ रेकर्डमध्ये १४१ - १५६ देखाइएको छ।