बजेट वक्तव्य रिपोर्ट

क्र.सं. बजेट वक्तव्य स्वीकृत बजेट प्रगति एक्सन
१०१
बुँदा नं: १०१
एक घर एक धारा कार्यक्रम अन्तर्गत बहुवर्षीय तथा स्रोत सुनिश्चित गरिएका, क्रमागत र मर्मत सम्भार तथा प्रणाली सुदृढीकरणतर्फ प्राथमिकतामा राखिएका खानेपानी आयोजना सम्पन्न गर्ने प्रयोजनार्थ रु ६० करोड ६१ लाख विनियोजन गरेको छु ।आगामी आ.व.मा २०० वटा भन्दा बढी खानेपानी आयोजना सम्पन्न गरी थप १५ हजार घरमा निजी धारा जडान कार्य सम्पन्न गरिनेछ।
१,६८,९१,९०,०००
भौतिक प्रगति
८०.९१%
वित्तीय प्रगति
७२.७६%
१०२
बुँदा नं: १०२
खानेपानी क्षेत्रका लागि जम्मा रू १ अर्ब ७० करोड विनियोजन गरेको छु।
५,०४,००,०००
भौतिक प्रगति
६१.९२%
वित्तीय प्रगति
६१.०१%
१०३
बुँदा नं: १०३
वर्षा याममा देखिने गरेको पानीजन्य रोगको प्रकोप न्यूनीकरण गर्न खानेपानी प्रणालीको असुरक्षित स्रोत पहिचान गरी शुद्धिकरण गर्न आवश्यक रकम विनियोजन गरेको छु।
८,५०,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१०४
बुँदा नं: १०४
लिफ्टिङ्ग खानेपानी र लिफ्टिङ्ग सिँचाइ आयोजनामा दिइँदै आएको विद्युत महशुल अनुदानको कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था मिलाएको छु |
५,०६,३०,०००
भौतिक प्रगति
६५.७६%
वित्तीय प्रगति
६०.४६%
१०५
बुँदा नं: १०५
स्याङ्गजा जिल्लाको आँधिखोला स्थित व्यवस्थित तटबन्ध निर्माण, कास्की जिल्लाको काहुँखोला नदि नियन्त्रण र सिलाथान घट्टेखोला संरक्षण कार्य आ.व. 2082/83 मा सम्पन्न गर्ने व्यवस्था मिलाएको छु।
३१,९७,३०,०००
भौतिक प्रगति
८८.०८%
वित्तीय प्रगति
४३.६९%
१०६
बुँदा नं: १०६
गोरखा जिल्लाको पालुङ्गटारमा खारखोला तथा खहरे-चुक्तिखोला नदी व्यवस्थापन आयोजनाको कार्यान्वयन सुरू गरिनेछ| लमजुङ्ग जिल्लाको राइनासटार सिँचाइ प्रणालीको विस्तृत मर्मत-सुधार गरी स्तरोन्नति गरिनेछ। बाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका तथा जैमिनी नगरपालिकामा गत वर्षको बाढीबाट क्षतिग्रस्त सिँचाइ संरचनाहरुको पुनःनिर्माण र बस्ती तथा खेतीयोग्य जमिन संरक्षण कार्यको सुरुवात गरिनेछ |
३९,६२,३०,०००
भौतिक प्रगति
८८.६०%
वित्तीय प्रगति
४१.०७%
१०७
बुँदा नं: १०७
आ.व. 2082/83 मा सिँचाइ तथा नदी व्यवस्थापन आयोजनामा बहुवर्षीय र स्रोत सुनिश्चित गरिएका क्रमागत, आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरेको छु।
१,०७,०१,४५,०००
भौतिक प्रगति
७६.०५%
वित्तीय प्रगति
५१.३४%
१०८
बुँदा नं: १०८
भूमिगत सिँचाइ र मर्मत संभार तथा प्रणाली सुदृढीकरण, र संघीय सरकारको सशर्त अनुदान तर्फ समेत गरी सिचाँइ आयोजना सञ्चालन गर्नका लागि जम्मा रू १ अर्ब १५ करोड ६४ लाख रकम विनियोजन गरेको छु |
१,०३,३४,३७,५००
भौतिक प्रगति
७५.०२%
वित्तीय प्रगति
५१.३१%
१०९
बुँदा नं: १०९
प्रदेश भित्रका विद्युत आयोजनाको प्रारम्भिक अध्ययन कार्य गर्न तथा जलाशयमा आधारित सिँचाइ आयोजना, एकीकृत जलस्रोत व्यवस्थापन आयोजना र ठुला टारमा आधारित कृषि तथा सिँचाइ आयोजनाको पहिचान तथा प्रारम्भिक अध्ययनका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु।
८८,५०,०००
भौतिक प्रगति
२०.४५%
वित्तीय प्रगति
३.५६%
११०
बुँदा नं: ११०
राष्ट्रिय प्रसारण लाइन नपुगेको स्थानमा सामुदायिक लघु जलविद्युत आयोजनाको निर्माण र मर्मत-संभारका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु।
४७,००,०००
भौतिक प्रगति
४३.३३%
वित्तीय प्रगति
१६.०१%
१११
बुँदा नं: १११
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि जम्मा रु.3 अर्ब 88 करोड 81 लाख विनियोजन गरेको छु।
१०,७५,६२,५००
भौतिक प्रगति
७६.७९%
वित्तीय प्रगति
५४.०६%
११२
बुँदा नं: ११२
लोकतान्त्रिक शासन व्यवस्थाका आदर्श मूल्यहरुलाई वरण गरी कार्य पद्दति र व्यवहारलाई जनमुखी एवम् जवाफदेही बनाइनेछ। प्रशासनिक कार्य सम्पादनमा राष्ट्र र जनताको वृहत्तर हित, कानूनको शासन, मानव अधिकारको प्रत्याभुति, समन्याय, समावेशीकरण, आर्थिक अनुशासन, पारदरर्शिता, जनसहभागिता, सुशासन र भ्रष्टाचारमुक्त चुस्त प्रशासनमा जोड दिइनेछ।
१,२३,०१,०००
भौतिक प्रगति
३५.६१%
वित्तीय प्रगति
२०.७५%
११३
बुँदा नं: ११३
संविधान प्रदत्त मौलिक हकको संरक्षण र संवर्द्धन गर्दै प्रदेशको अधिकार क्षेत्रका विषयमा बाँकी कानून तर्जुमा र कार्यान्वयन मार्फत सेवा प्रवाहलाई थप प्रभावकरी बनाइनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
११४
बुँदा नं: ११४
प्रदेश निजामती किताबखानालाई थप सुदृढीकरण मार्फत प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरुको अभिलेखलाई व्यवस्थित गरिनेछ।
२८,००,०००
भौतिक प्रगति
२०.४५%
वित्तीय प्रगति
५.१९%
११५
बुँदा नं: ११५
संघीयतालाई संस्थागत गर्न प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई प्रगाढ बनाउने माध्यमको रुपमा सञ्चालन भएको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमलाई निरन्तरता दिएको छु।
२७,१६,५१,०००
भौतिक प्रगति
७५.००%
वित्तीय प्रगति
४४.९८%
११६
बुँदा नं: ११६
“सदाचारयुक्त गण्डकी प्रदेश” अभियानलाई सार्थकता दिन भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गरिनेछ। भ्रष्टाचार विरुद्ध सरकारी, गैरसरकारी निकाय तथा नागरिक समाजबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
११७
बुँदा नं: ११७
“समुन्नत प्रदेश: प्रभावकारी सार्वजनिक सेवा” भन्ने नाराका साथ सार्वजनिक सेवा प्रवाहलाई छरितो, चुस्त र नतिजामुखी बनाइने छ।नागरिकको गुनासो तत्काल संवोधन गरी नागरिक मैत्री शासनको अनुभूति दिलाउन हटलाइन सेवा तथा नागरिक सहायता कक्ष सञ्चालन गरिनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
११८
बुँदा नं: ११८
स्थानीय तहका न्यायिक समिति तथा विधायन समितिको कामलाई प्रभावकारी बनाउन कानून तर्जुमा र कार्यान्वयनमा संलग्न जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गरिनेछ। स्थानीय तहसँग साझेदारी गरी सबै स्थानीय तहमा न्यायिक सहजकर्ता व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छु।
२,५०,००,०००
भौतिक प्रगति
९३.००%
वित्तीय प्रगति
५.१३%
११९
बुँदा नं: ११९
"स्वच्छ प्रेस, समुन्नत गण्डकी प्रदेश" को परिकल्पना साकार पार्न प्रेस रजिष्ट्रार कार्यालयको सुदृढिकरण, सञ्चार माध्यमको दर्ता, नवीकरण एवं प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइन मार्फत उपलब्ध गराउने कार्यक्रमका लागि 2 करोड 75 लाख रुपैयाँ बजेट विनियोजन गरेको छु।
२५,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१२०
बुँदा नं: १२०
आमसञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन महिलाहरुका लागि मिडिया स्टार्टप कार्यक्रम, पत्रकार कल्याणकोष स्थापना, अग्रज पत्रकार सम्मान तथा अनुभव अभिलेखिकरण एवं सञ्चार संस्थालाई प्रोत्साहन सहयोग कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
१,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५६ बजेट वक्तव्यहरू भेटिए
जम्मा १५६ रेकर्डमध्ये १०१ - १२० देखाइएको छ।