बजेट वक्तव्य रिपोर्ट

क्र.सं. बजेट वक्तव्य स्वीकृत बजेट प्रगति एक्सन
८१
बुँदा नं: ८१
युवामा सकारात्मक सोच, सीप, क्षमता र नेतृत्व विकासमा जोड दिई सिर्जनशील तथा उद्यमी युवा तयार गर्न युवा उद्यमी प्रोत्साहन कार्यक्रम सञ्चालन र युवा प्रतिभा सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छु।
४२,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
८२
बुँदा नं: ८२
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सुरक्षित आप्रवासन कार्यक्रममा प्रदेश सरकारले सूचनाकर्ता र परामर्शदाता परिचालन गर्ने कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
५०,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
८३
बुँदा नं: ८३
वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि आवश्यक सीप तथा दक्षता हासिल गरेर मात्र जाने अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा आवद्ध हुने "समय घटाउने आम्दानी बढाउने" विशेष कार्यक्रम सञ्चालनको लागि बजेटको व्यवस्था मिलाएको छु।वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण रकमलाई आय, उत्पादन र आन्तरिक रोजगारी सिर्जना हुने गरी परिचालन गर्ने व्यवस्था मिलाइनेछ।
४,५०,०००
भौतिक प्रगति
१००.००%
वित्तीय प्रगति
०.००%
८४
बुँदा नं: ८४
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वरोजगार तथा उद्यम व्यवसायमा जोडिन चाहेमा व्यावसायिक परामर्श, व्यावसायिक योजना निर्माणमा सहयोग, प्राविधिक सहयोग र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्‍चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
४४,०४,०००
भौतिक प्रगति
८.३३%
वित्तीय प्रगति
२.३५%
८५
बुँदा नं: ८५
खेलकुद क्षेत्रको विकास, विस्तार र सुदृढीकरणका लागि संघ सरकार र स्थानीय तहबीच सहकार्य र साझेदारी गर्दै खेलाडीहरुको व्यावसायिकता विकास, प्रशिक्षण र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु।प्रदेशका ख्यातिप्राप्त खेलाडीहरुको सम्मान कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको छु।
५९,५५,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
८६
बुँदा नं: ८६
संघ र स्थानीय तहको समन्वयमा झोलुङ्गे पुल, ट्रष्ट ब्रिज निर्माण र मर्मत कार्यलाई प्राथमिकता दिई आवश्यक बजेटको व्यवस्था गरेको छु। हिमाली र पहाडी क्षेत्रमा रहेका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्‍याउनका लागि नदी तथा खोलामा मोटरेबल पुल र झोलुङ्गे पुल निर्माणलाई जोड दिई आवश्यक बजेट विनियोजन गरको छु।
५,५३,०००
भौतिक प्रगति
१००.००%
वित्तीय प्रगति
०.००%
८७
बुँदा नं: ८७
पदयात्रा तथा साइक्लिङ्गका लागि गोरखाको मनास्लु, लार्केपास-मनाङ्ग-मुस्ताङ्ग र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
८८
बुँदा नं: ८८
गरिब, अशक्त, असहाय, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित आवासको व्यवस्था गर्न जनता आवास कार्यक्रमलाई निरन्तरता दिएको छु।
१,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
८९
बुँदा नं: ८९
सघं र स्थानीय तहसगँको साझेदारीमा भू-उपयोग नीति अनुरुप जलवायु परिवर्तन अनुकूलित हुने गरि एकीकृत सुरक्षित बस्ती विकास तथा सहरी विकास योजनालाई प्राथमिकता दिएको छु।
५०,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९०
बुँदा नं: ९०
प्रदेश सरकारको प्राथमिकतामा रहेका उत्तर-दक्षिण सडक अन्तर्गतको भिमाद-डेढगाउँ-झ्यालबास-चोरमारा दुम्किबास-त्रिवेणी खण्ड, कास्की जिल्लाका सात ताल लिङ्क रोड तथा रुपा रिङ्ग रोड, स्याङ्जा जिल्लाको ज्याग्दी करिडोर, म्याग्दी र बाग्लुङको दरवाङ्ग-ढोरपाटन सडक, गोरखा जिल्लाका चुवाडाँडा –पेल्चेत-कटुन्जे-काशीगाउँ-केरौजा रुन्चेत सडक तथा चनौटे ढिस्का हुँदै भच्चेक सडक, बाग्लुङ जिल्लाको तमान-लामेला-शोले सडक, शालिग्राम करिडोर र बुद्बसिंह मार्ग निर्माण कार्यलाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९१
बुँदा नं: ९१
एसियाली विकास बैङ्कको सहयोग तथा स्थानीय पूर्वाधार विकास विभागको समन्वयमा ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रम मार्फत गोरखा जिल्लाको अवुवा-विर्दि-सेराबजार-पौवाटार सडक कालोपत्रे,पर्वत जिल्लाको पातिचौर-बाजुङ-क्याङ-नागी सडकको कालोपत्रे,कास्की जिल्लाको घट्टेखोला-धम्पुस-खानीगाउँ सडकको कालोपत्रे र नवलपुर जिल्लाको आलोक चक्रपथ कालोपत्रे कार्यका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। यस कार्यक्रम अन्तर्गत ७० किलोमिटर सडक कालोपत्रे सम्पन्न हुनेछ।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९२
बुँदा नं: ९२
सडक सञ्जाल नपुगेका गोरखाको चुमनुब्री र मनाङको नार्पा भूमि गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण कार्यलाई निरन्तरता दिइनेछ। मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को त्रिवेणी नाकासम्म पुग्ने सडकको विस्तार तथा स्तरोन्नतिलाई निरन्तरता दिएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९३
बुँदा नं: ९३
प्रदेश सरकारले निर्माण गरेका सडक र पक्की पुलको मर्मत संभार कार्यलाई प्राथमिकता दिएको छु। प्रदेश सडक सञ्जालमा समावेश भएका पक्की पुल निर्माणलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छु।
२७,३०,००,०००
भौतिक प्रगति
४७.०९%
वित्तीय प्रगति
२२.३८%
९४
बुँदा नं: ९४
संघ र स्थानीय तहको समन्वयमा झोलुङ्गे पुल निर्माण र मर्मत कार्यलाई आवश्यक बजेट विनियोजन गरेको छु।न्यून सवारी चाप भएका सडक र वर्षा याममा मात्र पानी बढी हुने खोलाहरुमा कम लागत प्रविधिको बेली ब्रिज निर्माण कार्यलाई प्राथमिकता दिएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९५
बुँदा नं: ९५
प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई सुरक्षित बनाइ सडक दुर्घटना न्यूनीकरण गर्न सरोकारवालासगँको समन्वय तथा सहकार्यमा सडक सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिएको छु। सार्वजनिक सवारी व्यवस्थापन गुरुयोजना बनाउने कार्यलाई जोड दिएको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९६
बुँदा नं: ९६
सवारी चालक अनुमति पत्रको छपाइ कार्य प्रदेश बाटै गर्नका लागि रु १० करोड बजेट विनियोजन गरेको छु। यातायात क्षेत्रको सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी नागरिकहरुलाई सहज रुपमा सेवा प्राप्त गर्ने व्यवस्था मिलाएको छु। सवारी साधन करलाई विद्युतीय प्रणाली मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउनको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९७
बुँदा नं: ९७
स्वदेशी एपलाई प्राथमिकता दिँदै यात्रु सुरक्षाको प्रत्याभूति गर्न राइड शेयरिङ र सेल्फ ड्राइभिङ्गलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापनको प्रबन्ध मिलाएको छु। आफ्नो भवन नभएका प्रदेशका कार्यालयहरुको भवन निर्माण कार्यलाई प्राथमिकता दिएको छु। साझेदारीमा स्थानीय तहका प्रशासनिक भवन तथा वडा कार्यालय भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
९८
बुँदा नं: ९८
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयसम्बद्ब कार्यक्रमहरुमा रु 11 अर्ब 98 करोड 9 लाख 8 हजार रकम विनियोजन गरेको छु।
५२,३९,०२,०००
भौतिक प्रगति
४०.४८%
वित्तीय प्रगति
१४.६६%
९९
बुँदा नं: ९९
सबै नगारिकमा आधारभूत विद्युत सुविधाको पहुँच सुनिश्चितताका लागि सञ्चालित उज्यालो गण्डकी प्रदेश अभियान सम्पन्न गर्न रू. १५ करोड विनियोजन गरेको छु ।
१३,९९,००,०००
भौतिक प्रगति
५८.३३%
वित्तीय प्रगति
९२.९२%
१००
बुँदा नं: १००
प्रदेशभित्र सञ्चालित लिफ्टिङ खानेपानी र लिफ्टिङ सिँचाइ आयोजनाहररुमा सतप्रतिशत सम्म विद्युत महशुलमा अनुदान दिने व्यवस्थालाइ निरन्तरता दिएको छु।
३,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५६ बजेट वक्तव्यहरू भेटिए
जम्मा १५६ रेकर्डमध्ये ८१ - १०० देखाइएको छ।