बजेट वक्तव्य रिपोर्ट

क्र.सं. बजेट वक्तव्य स्वीकृत बजेट प्रगति एक्सन
६१
बुँदा नं: ६१
गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत प्राविधिक अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्दै गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट सम्पादन हुँदै आएका कार्यक्रम गण्डकी विश्वविद्यालयबाट सम्पादन गर्ने व्यवस्था मिलाएको छु । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको पाठ्यक्रम निर्माण र भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिएको छु।
१८,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
६२
बुँदा नं: ६२
साधारण तथा प्राविधिक धार सञ्चालन भएका विद्यालयमा "सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम" लाई निरन्तरता दिएको छु।
६५,००,०००
भौतिक प्रगति
८३.३३%
वित्तीय प्रगति
०.६५%
६३
बुँदा नं: ६३
"लैङ्गिक हिंसा विरुद्ध शून्य सहनशीलता"को नीति बमोजिम महिला सशक्तिकरण गरी हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक मूलप्रवाहीकरण तथा सारभूत समानता कायम गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छु।
१,०६,१५,०००
भौतिक प्रगति
१४.५८%
वित्तीय प्रगति
१.८५%
६४
बुँदा नं: ६४
"स्वस्थ जीवन, हाम्रो अभियान" मार्फत नागरिक शिक्षा, अभिभावक शिक्षा साथै ध्यान तथा योग शिविर अभियान सञ्चालनमा जोड दिएको छु। जातीय भेदभाव तथा छुवाछुत लगायतका शोषण एवम् विभेदको अन्त्यका लागि सामाजिक जागरण अभियान र सचेतनामूलक कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
७,५७,७५,०००
भौतिक प्रगति
३६.६७%
वित्तीय प्रगति
०.१३%
६५
बुँदा नं: ६५
बाल अधिकारको सुनिश्चितताका लागि बालमैत्री स्थानीय शासन विकास र प्रवर्द्धन गर्न स्थानीय तहसँग साझेदारी गर्ने कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। सडक मानवमुक्त प्रदेश कार्यक्रमलाई निरन्तरता दिँदै मनोसामाजिक परामर्श सेवा सञ्चालनको व्यवस्था मिलाएको छु।
८६,००,०००
भौतिक प्रगति
२२.८९%
वित्तीय प्रगति
०.६०%
६६
बुँदा नं: ६६
दीर्घकालीन पुनर्स्थापना केन्द्र र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन कार्यक्रमलाई निरन्तरता दिएको छु। हाल सञ्चालनमा रहेका ज्येष्ठ नागरिक आश्रमको संस्थागत सुदृढीकरणमा जोड दिएको छु।
१,२१,५०,०००
भौतिक प्रगति
२८८.५३%
वित्तीय प्रगति
०.२८%
६७
बुँदा नं: ६७
गण्डकी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, भाषा ऐन, प्रदेश युवा परिषद गठन आदेश एवम् गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरणको लागि बनेको ऐन कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
१,७१,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
६८
बुँदा नं: ६८
अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सामाजिक सशक्तिकरणका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिँदै लक्षित वर्गको अधिकार संरक्षणका लागि बजेटको व्यवस्था गरेको छु।
७५,४०,०००
भौतिक प्रगति
२१.८८%
वित्तीय प्रगति
०.००%
६९
बुँदा नं: ६९
राष्ट्रिय, प्रादेशिक र जिल्लास्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै खेलाडीको क्षमता विकास तथा प्रोत्साहनका कार्यक्रम एवं पुर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। मुस्ताङमा उच्च उचाई खेल मैदान निर्माणको लागि आवश्यक प्रबन्ध मिलाएको छु।
१,५३,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
७०
बुँदा नं: ७०
उद्यमशिलता विकास, सीपमुलक तालिमलाई स्तरीकरण र नक्साङ्कन गरी NS1 तहको अवधि र पाठ्यक्रम बमोजिम हुने गरी संचालन गर्ने व्यवस्था मिलाए‌को छु।
७६,००,०००
भौतिक प्रगति
१२.३५%
वित्तीय प्रगति
०.००%
७१
बुँदा नं: ७१
सुरक्षित आप्रवासन कार्यक्रमलाई ८५ वटै पालिकामा विस्तार गरिनेछ। यस कार्यकम अन्तर्गत मनोपरामर्श सेवा, न्यायमा पहुँच र वित्तीय साक्षरता कार्यकमलाई निरन्तरता दिएको छु।
१४,५०,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
७२
बुँदा नं: ७२
सामाजिका विकास युवा तथा खेलकुद मन्त्रालयलाई रु 2 अर्ब 39 करोड 51 लाख 67 हजार विनियोजन गरेको छु।
१६,४२,९२,०००
भौतिक प्रगति
६.११%
वित्तीय प्रगति
५.०४%
७३
बुँदा नं: ७३
स्वस्थ मुटु सुन्दर भविष्य" भन्ने नाराका साथ बालबालिकामा बाथ, मुटुरोग पहिचान र सम्पाटीक हार्ट डिजीज स्क्रिनिङ कार्यक्रमका लागि प्रदेशका सबै अस्पतालहरुमा रु ५५ लाख तथा नवशिशुको जन्मजात रोगको पहिचान गर्न स्क्रिनिङ कार्यका लागि रु २६ लाख विनियोजन गरेको छु। साथै अस्पतालहरुमा नवशिशु सघन उपचार सेवा (एनआइसीयु) विस्तार गर्न आवश्यक बजेट विनियोजन गरेको छ। मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्रका लागि रु २० लाख र मध्यविन्दु प्रादेशिक अस्पतालमा बौद्बिक अपाङ्गता एवम् अटिज्म भएका बालबालिकाको अपाङ्गता उपचार केन्द्रको स्थापना गर्न रू २० लाख विनियोजन गरेको छु ।
१,७९,५०,०००
भौतिक प्रगति
५०.००%
वित्तीय प्रगति
८९.४५%
७४
बुँदा नं: ७४
"नसर्ने रोगको पहिचान र उपचार स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ नसर्ने रोगको पहिचान, उपचार तथा व्यवस्थापन र मानसिक स्वास्थ्य सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि रु १ करोड ५२ लाख विनियोजन गरेको छु। क्षयरोग, कुष्ठरोग, एच.आई.भी. एड्स जस्ता सरुवा रोग, खोपबाट बचाउन सकिने रोग र औलो, कालाजार, डेंगु लगायतका जलवायु संवेदनशील रोगहरुको प्रभावकारी एकीकृत निगरानी प्रणाली विकास गरी महमारीको प्रतिकार्य, औषधी, कीट र अन्य औषधीजन्य सामग्रीको व्यवस्थापनका लागि रू. २ करोड ७ लाख विनियोजन गरेको छु।
९,२६,४९,०००
भौतिक प्रगति
७६.६०%
वित्तीय प्रगति
८२.०५%
७५
बुँदा नं: ७५
धौलागिरी, मध्यविन्दु, तनहूँ, स्याङ्‌जा र बुर्तिबाङ अस्पतालमा इमरजेन्सी ट्रमा केयर युनिटको स्थापना एवं सुदृढीकरणका लागि रू. ७६ लाख विनियोजन गरेको छु। मनाङ र मुस्ताङमा उच्च भेगीय स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउन रू. ८३ लाख विनियोजन गरेको छु। साथै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण र पहुँच अभिवृद्धि गर्न नमूना (स्याम्पल) संकलन केन्द्रहरू स्थापना गरी सेवालाई सहज र सुलभ बनाउन रू. ५० लाख विनियोजन गरेको छु।
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
७६
बुँदा नं: ७६
प्रदेश मातहतका अस्पतालहरूले प्रवाह गरेको सेवालाई थप गुणस्तरीय र विशिष्टीकृत बनाउन न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका लागि रू. ४ करोड ३५ लाख, आयुर्वेद चिकित्सालय तथा अस्पतालहरुको लागि रू. ३८ लाख र गण्डकी आयुर्वेद अस्पतालमा अन्तरअङ्ग सेवा सञ्चालनार्थ भवन निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। प्रदेशका अस्पतालहरूमा एम्बुलेन्स खरिदका लागि रू ४ करोड विनियोजन गरेको छु।
११,२१,५०,०००
भौतिक प्रगति
६४.००%
वित्तीय प्रगति
५२.५०%
७७
बुँदा नं: ७७
"आधारभूत स्वास्थ्यमा सुधार, अन्तर तह समन्वय मूल आधार" नाराका साथ प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई प्रवर्द्धन एवम् स्वास्थ्य कार्यक्रमको उपयोगिता र प्रभावकारिता अभिवृद्धि गर्न अन्तरतह रणनीतिक कार्यान्वयन खाका तयारी एवं कार्यान्वयनका लागि रू १ करोड ६६ लाख विनियोजन गरेको छु।
२,०३,७६,०००
भौतिक प्रगति
६०.५०%
वित्तीय प्रगति
४२.६९%
७८
बुँदा नं: ७८
रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धताका लागि रू. ४ करोड ५६ लाख विनियोजन गरेको छु। क्यान्सर रोगको उपचारमा आर्थिक सहायता, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार, १० वर्ष मुनीका बालबालिका र ६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई निःशुल्क बहिरंग तथा प्रयोगशला सेवा, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाका लागि प्रोत्साहन, विभिन्न आश्रममा आश्रितहरूको उपचार जस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई निरन्तरता दिँदै थप सुदृढ र प्रभावकारी बनाउने व्यवस्था मिलाएको छु।
११,६७,७५,०००
भौतिक प्रगति
२५.४०%
वित्तीय प्रगति
४.९५%
७९
बुँदा नं: ७९
स्वास्थ्य मन्त्रालयलाई रु 3 अर्ब 32 करोड 70 लाख 40 हजार विनियोजन गरको छु।
९,१५,५३,०००
भौतिक प्रगति
४७.६४%
वित्तीय प्रगति
१०.९३%
८०
बुँदा नं: ८०
गण्डकी प्रदेशमा खेलकुद प्रवर्द्धन गर्न खेलकुद पूर्वधार निर्माण, खेलाडी सम्मान र खेल पर्यटन विकास गरिनेछ। उच्च उचाइका खेलका लागि "उचाइमा खेल: खेलमा उचाई" कार्यक्रम सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाएको छु।
६३,००,०००
भौतिक प्रगति
०.००%
वित्तीय प्रगति
०.००%
१५६ बजेट वक्तव्यहरू भेटिए
जम्मा १५६ रेकर्डमध्ये ६१ - ८० देखाइएको छ।